१५ असार २०८३, सोमबार
,
Latest
धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य जगदुल्ला जलविद्युत् परियोजनाले बदल्दै डोल्पाको मुहार पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश देशभर विविध कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो ढिलो मनसुनपछि लुम्बिनीमा धान रोपाइँले लियो गति, २०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न रुसको सेन्ट पिटर्सबर्गमा भव्यताका साथ मनाइयो ‘स्कार्लेट सेल्स’ महोत्सव युरोपमा प्रचण्ड गर्मीको लहरः जलवायु परिवर्तनका कारण जनजीवन प्रभावित चीनको सिचुआनमा ५.५ म्याग्निच्युडको भूकम्पः १३ जना घाइते ८९ अंकसहित भरतपुर अस्पताल उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यकर्मीलाई सरुवा गरेको भन्दै स्थानीयको प्रदर्शन



अ+ अ-

धादिङ । स्वास्थ्यकर्मी सरुवा गरेको भन्दै धादिङको सिद्धलेक गाउँपालिकाका स्थानीय विरोधमा उत्रिएका छन् ।  सिद्धलेक स्थित कुम्पुर स्वास्थ्य चौकीका प्रमुख रकिम अन्सारीलाईअन्यायपूवर्क अन्यत्र सरुवा गरिएको भन्दै स्थानीयबासीमा उत्रिएका हुन् ।  

जनप्रतिनिधिले पूर्वाग्रही ढंगले अन्सारीको सरुवा गरेको विरोधमा आइतबार स्थानीयले गाउँपालिका घेराउ गरेका थिए।

स्वास्थ्य चौकीका इन्चार्ज अन्सारी विगत २४ वर्षअघिदेखि कम्पुर भन्ज्याङस्थित स्वास्थ्य चौकीमा कार्यरत हुनुहुन्थ्यो ।  

गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले वडाअध्यक्षहरूसँग पनि सल्लाह नगरी राजनीतिक प्रतिशोधका कारण अन्सारीको सरुवा गरेको आरोप स्थानीयले  लगाएका छन् । अन्सारीले भ्रष्टाचार गरेको र स्वास्थ्य चौकीको व्यवस्थापन राम्रो नगरेकाले हटाएको गाउँपालिका अध्यक्ष सिलवालको दावी छ ।