२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचार गर्न आएका महिलालाई नाङ्गै बनाएको आरोपमा स्वास्थ्यकर्मी पक्राउ



अ+ अ-

दाङ । अस्पतालमा उपचार गर्न आएका महिलालाई नाङ्गै बनाएको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन्। 

प्रहरीले एक्सरे गर्न आएकी महिलालाई नाङ्गै बनाएको आरोपमा घोराही उपमहानगरपालिका–१५ लुहासपुरमा रहेको गोरखा पब्लिक हस्पिटल रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका-५ निवासी २२ वर्षीय नवराज डाँगीलाई गरेको हो ।  

आइतबार अस्पतालमा छातीको एक्सरे गर्न आएकी एक महिलालाई डाँगीले पुरै कपडा खोल्न लगाएर एक्सरे गरेको भन्दै ती महिलाका श्रीमानले दिएको जाहेरीका आधारमा प्रहरीले डाँगीलाई सोमबार विहान पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।