१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजकरकोटका नवराज विकलाई मरणोपरान्त पुरस्कार



अ+ अ-

काठमाडौं । सरकारले रूकुम-पश्चिम घटनामा मारिएका जाजकरकोटका नवराज विकलाई मरणोपरान्त पुरस्कृत गर्ने भएको छ ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा पुरस्कारअन्तर्गत समाज सुधार अभियानतर्फ उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । उक्त पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, मानवअधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले पुरस्कृत भएका छन् भने सीप, कला, शिक्षा, साहित्य लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियार पुरस्कृत भएको पर्यटन मन्त्रालयले जनाएको छ ।

समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा योगदान गरेका भगत सर्वजित विश्वकर्माको कदर स्वरूप सरकारले २०७३ सालबाट यो पुरस्कार प्रदान गर्न थालेको थियो ।




भर्खरै