२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजकरकोटका नवराज विकलाई मरणोपरान्त पुरस्कार



अ+ अ-

काठमाडौं । सरकारले रूकुम-पश्चिम घटनामा मारिएका जाजकरकोटका नवराज विकलाई मरणोपरान्त पुरस्कृत गर्ने भएको छ ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा पुरस्कारअन्तर्गत समाज सुधार अभियानतर्फ उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । उक्त पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, मानवअधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले पुरस्कृत भएका छन् भने सीप, कला, शिक्षा, साहित्य लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियार पुरस्कृत भएको पर्यटन मन्त्रालयले जनाएको छ ।

समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा योगदान गरेका भगत सर्वजित विश्वकर्माको कदर स्वरूप सरकारले २०७३ सालबाट यो पुरस्कार प्रदान गर्न थालेको थियो ।