१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलमाथि इरानको जवाफी आक्रमणः १०० वटा ड्रोन प्रहार, एक घण्टा भित्र इजरायल पुग्ने



अ+ अ-

एजेन्सी । इजरायल विरुद्ध बदला लिन इरानले १०० भन्दा बढी ड्रोनहरू प्रहार गरेको छ । इजरायल रक्षा बलले यी ड्रोनहरू आगामी १ देखि २ घण्टामा इजरायल पुग्न सक्ने बताएको छ ।

हाल यो ड्रोन इराक र जोर्डनको हवाई क्षेत्रमा छ । जोर्डनको राजधानी अम्मानमा साइरन बज्न थालेको छ ।

टाइम्स अफ इजरायलका अनुसार, आईडीएफले इरानले चाँडै नै ठूलो क्षेप्यास्त्र आक्रमण गर्न सक्ने चेतावनी दिएको छ ।

आज बिहानै इजरायलले २०० लडाकु विमानहरूसहित इरानमाथि आक्रमण गरेको थियो । न्यूयोर्क टाइम्सका अनुसार इजरायली सेनाले तेहरान वरपरका कम्तिमा ६ सैन्य अड्डाहरूलाई निशाना बनाएको छ । यी ६ स्थानहरूमध्ये ४ स्थानमा आणविक अड्डाहरू पनि छन् ।