२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी

मन्त्री अर्यालले माधवकुमार नेपाललाई श्रद्धाञ्जली दिएपछि….

मन्त्री अर्यालले माधवकुमार नेपाललाई श्रद्धाञ्जली दिएपछि….
अ अ+ अ-

काठमाडौं ।  भूमि व्यवस्था, सहकारी तथा सहकारी मन्त्री पद्मा कुमारी अर्यालले सत्तारूढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई श्रद्धाञ्जली व्यक्त गरेकी छिन् । मन्ज्ञी अर्यालले सामाजिक सञ्जाल फेसबुक मार्फत वरिष्ठ नेता नेपाललाई श्रद्धाञ्जली व्यक्त गरेकी हुन् ।

स्वर्गीय नेता मदन भण्डारीको जन्म जयन्तीको अवसरमा नेकपा काठमाडौ जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि रहेका वरिष्ठ नेता नेपाल सहभागी भएको फोटोमा मन्त्री अर्यालले ‘हार्दिक श्रद्धाञ्जली कमरेड माधव।’ लेखेकी छिन् ।

उनको कमेन्टलाई लिएर पार्टीभित्रैबाट आलोचना हुन थालेपछि मन्त्री अर्यालले उक्त कमेन्ट डिलेट गरेकी छिन् । यदि उनले स्वर्गीय नेता भण्डारीलाई हार्दिक श्रद्धाञ्जली लेख्न खोज्दा गल्तीबस त्यस्तो हुन पुगेको भए उक्त कमेन्ट हटाएर अर्को लेख्थिन त्यसो नगरेर विरोध पछि उक्त कमेन्टमात्रै हटाउनुलाई मानवीय गल्ती मान्न नसकिने नेपाल निकट ती नेताको बुझाई छ ।

पूर्वप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ जिवित नेतालाई हार्दिक श्रद्धाञ्जली दिने मन्त्रीबाट देश र जनताले के अपेक्षा गर्ने भन्दै नेकपाकै नेताहरूले उनको नैतिकता माथि प्रश्न गर्न थालेका छन् ।

मन्त्री अर्यालको उक्त कमेन्टलाई नेकपाभित्र बढ्दै गएको ध्रुवीकरण र गुट परिवर्तनको संकेतको रूपमा हेरिएको छ ।