१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एयर इन्डियाको विमान थाइल्याण्डमा आपतकालीन अवतरण, विमानमा बम भएको सूचना



अ+ अ-

एजेन्सी । एयर इन्डियाको उडान एआइए ३७९ थाइल्याण्डको फुकेट अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ ।

विमानमा बम भएको खबर आएको थियो । विमानमा १५६ जना सवार थिए । उडान फुकेटबाट दिल्ली आउँदै थियो ।

समाचार एजेन्सी रोयटर्सले उडान ट्र्याकर ‘फ्लाईट्रेडर२४’ लाई उद्धृत गर्दै भनेको छ कि एयर इन्डियाको उडान भारतीय समय अनुसार बिहान ९ः३० बजे (स्थानीय समय अनुसार दिउँसो २ः३० बजे) फुकेट विमानस्थलबाट उडेको थियो ।

विमानले अण्डमान सागरमाथि ठूलो मोड लियो र लगभग २० मिनेट पछि फुकेटमा सुरक्षित आपतकालीन अवतरण गर्‍यो । सबै यात्रु र चालक दल सुरक्षित छन्, कसैलाई पनि कुनै हानि पुगेको छैन ।