२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानी आणविक केन्द्रमा इजरायलको हवाई आक्रमण, दुई उच्च अधिकारीको मृत्यु



तस्बिरः बीबीसी
अ+ अ-

काठमाडौं । इजरायलले इरानका आणविक प्रशोधन केन्द्रहरूमा भीषण हवाई आक्रमण गरेको छ । इरानको आणविक कार्यक्रम लक्षित आक्रमणमा दुई जना उच्च अधिकारीको मृत्यु भएको छ ।

इरानी सञ्चारमाध्यमका अनुसार आक्रमणमा इरानका क्रान्तिकारी गार्ड प्रमुख होसेन सालामी र पूर्व आणविक उर्जा प्रमुख फेरेयदुन अब्बासीको मृत्यु भएको हो । आक्रमणपछि राजधानी तेहरानलगायत देशभर नै विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ‘इरानको आणविक कार्यक्रमको केन्द्रमै प्रहार’ भएको दाबी गरेका छन् ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाले हालै २० वर्षपछि पहिलोपटक इरानलाई आणविक अप्रसार सन्धिको उल्लंघन गरेको भन्दै चेतावनी दिएको थियो । यद्यपी इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण नागरिक प्रयोजनका लागि मात्र रहेको जिकिर गर्दै आएको छ ।

तेहरानको विमानस्थल बन्द गरिएको छ भने इजरायलले आपतकाल घोषणा गरेको छ । अमेरिकाले भने यो आक्रमणमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको छ ।