६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङ लागेर बालकको मृत्यु



अ+ अ-

बागमती। वर्षासँगै आज चट्याङ लागेर मकवानपुरमा एक बालकको मृत्युु भएको छ ।  एक जना घाइते भएका छन् ।

चट्याङ लागेर कैलाश गाउँपालिका–९ थामलेक निवासका १४ वर्षीय कान्छा गोलेको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । आफ्नै घर बाहिर खाटमा बसिरहेका अवस्थामा चट्याङ लागेर उहाँको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै, चट्याङ लागेर बागमती गाउँपालिका–२ देउराली गाउँका ३२ वर्षीय कृष्णबहादुर श्रेष्ठ घाइते हुनुभएको छ । आफ्नै घरमा बसिरहेका अवस्थामा उहाँ चट्याङ लागेर घाइते हुनुभएको हो । उहाँको राईगाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।

चट्याङ लागेर स्थानीय कमलजङ्ग रानामगरको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । रासस