९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा भेटियो फेरी अर्को भाइरस, महामारी ल्याउन सक्ने



अ+ अ-

चीनबाट फैलिएको कोभिड–१९ ले अहिले विश्वलाई सताइरहेको छ । यसैबीच अर्को खबर फैलिएको छ, चीनमा नयाँ भाइरस भेटिएको । खबरमा भनिएको छ, चीनका वैज्ञानिकहरुले फ्लुको एक यस्ता नयाँ स्ट्रेन पहिचान गरेका छन्, जसमा महामारीको रुपमा आफ्नो स्वरुप बदल्ने सक्ने क्षमता छ । उपलब्ध जानकारी अनुसार उक्त स्ट्रेन सुँगुरमा हुन्छ तर, यसले मान्छेलाई पनि संक्रमित बनाउने सक्ने जोखिम छ ।

जोखिमपूर्ण कुरा त के भने, उक्त भाइरसले आफ्नो स्वरुप बदल्न सक्छ । यसरी एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै फैलनसक्नेछ र सजिलै महामारीको रुप लिन सक्ने भन्दै शोधकर्ता यसबाट चिन्तित छन् ।

शोधकर्ताहरुका अनुसार यो भाइरसमा ति सबै लक्षण छन्, जसले मान्छेलाई संक्रमित गर्न सक्छ । त्यसैले यो भाइरसमाथि निगरानी राख्न जरुरी छ । यो एकदमै नयाँ भाइरस भएकाले मान्छेको शरीरमा यो रोगसँग लड्ने प्रतिरक्षा क्षमता कम वा पटक्कै छैन । यो खबर बिबिसी अनलाइनमा प्रकाशित छ ।