३१ भाद्र २०८३, बुधबार
,
Latest
‘पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन’–जैसी प्रतिनिधि सभा नियमावलीका विवादित प्रावधान कार्यान्वयनमा सर्वोच्चको रोक चामे–बेँसीसहर सडक अवरुद्ध इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पामा ४० प्रतिशत धान रोपाइँ



अ+ अ-

पाल्पा  । पाल्पा जिल्लामा हालसम्म ४० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । पर्याप्त सिंचाइको सुविधा भएका खेतमा कृषकले धान रोपाइँ शुरु गरेका छन् ।  

हालसम्म जिल्लाको माथागढी गाउँपालिकामा सबैभन्दा धेरै धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताउनुभयो । उहाँका अनुसार यस क्षेत्रमा मात्रै करीब ५० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भइसकेको छ । तिनाउ गाउँपालिकामा करीब ४० प्रतिशत रोपाइँ भएको छ ।

रम्भा गाउँपालिकाका हुँगी, हेक्लाङलगायत क्षेत्रमा करीब ३० प्रतिशत रोपाइँ भएको छ । त्यसैगरी तानसेन नगरपालिकाको तल्लो क्षेत्र माडी र अर्गलीफाँट तथा पूर्वखोला र  बगनासकालीमा फ्mाट्टफुट्ट धान रोप्ने कार्य कृषकले शुरु गर्न थालेका छन् । 

खाली रहेका, सिंचाइको पर्याप्त सुविधा भएका, खोला नजीकका खेतमा कृषकले धान रोपाइँको काम शुरु गर्न थालेको  अर्यालले बताउनुभयो ।  विगत वर्षमा जिल्लामा मनाइँदै आएको राष्ट्रिय धान दिवस भने यस वर्ष कोरोना भाइरसका कारण हुन सकेन । 

मकैबाली भएका खेतमा भने मकै पाकेपछि असारको तेस्रो हप्तापछि मात्रै रोपाइँ सुरु गरिन्छ । कतिपय आकाशको पानीको भरमा मात्र रोपाइँ हुने खेतमा भने पर्याप्त वर्षा भएपछि मात्र धान रोपिने गरिन्छ । जिल्लाको दोस्रो बालीका रुपमा रहेको धान खेती आठ हजार ६२० हेक्टर जमीनमा गरिँदै आएको छ । रामपुरफाँट, माडीफाँट, अर्गलीफाँट, हुँगी, दोभान, हेक्लाङ   पूर्वखोला क्षेत्र धान उत्पादनका हिसाबले मुख्य क्षेत्र मानिन्छ । 

पछिल्लो समय कृषि ज्ञानकेन्द्र तथा स्थानीय तहले उन्नत जातका धानका बीउ कृषकलाई वितरण गर्न थालेपछि रैथाने बीउ भने जिल्लामा लोप हुँदै गएका छन् । बास्मती, झिनुवा, थापाचिनी, बर्मेली, जर्नेली, अनदीलगायत धान लगाउने कृषक भने कमै लगाउने गरेको भेटिन्छन् ।

काँसजरीमा खानेपानी सुविधा वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आइरहेका रामपुर नगरपालिका –४ काँसजरीमा अहिले खानेपानी सुुविधा पुगेको छ । ‘रामपुरमा पानी सङ्कट’ शीर्षकको समाचार गत जेठ २९ गते राससमा प्रकाशन भएपछि गाउँमा पानी वितरण प्रक्रिया अगाडि बढाइएको हो । 

 नगरपालिका र रामपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाको समन्वयमा पहिलो पटक  खानेपानी लगिएको छ । अहिले धारा जडान गरेर पानी उपभोग गर्न पाउँदा  स्थानीयवासी खुशी छन् ।  नगरपालिकाले रु पाँच लाख र खानेपानी आयोजनाले प्राविधिक सेवा सुविधा दिएपछि पानी ल्याउन सफल भएको रामपुर –४ का वडा सदस्य तथा नगर कार्यपालिका सदस्य सीमादेवी रानाले बताउनुभयो । 

नगरपालिकाको केन्द्र नजीकै रहेको काँसजरीका बासिन्दाको दिनचर्या खानेपानी जोहो गर्दैमा बित्ने गथ्र्यो । टोलमा दिगो खानेपानीको प्रबन्ध नहँुदा पिउने पानीदेखि गाईभैँसीलाई खुवाउन र  नुहाउन धुन, कुवा, खोल्सी तथा खोलामा पानी खोजेरै दैनिकी गुजारा चलाउनुपर्ने बाध्यताको अन्त्य भएकामा स्थानीयवासी भीमकुमारी सोती खुशी व्यक्त गर्नुहुन्छ ।

स्थानीयवासी अमृता मल्ल पनि घर घरमा धारा जडान गरेर पानी आउँछ भन्ने आफूले कहिल्यै नसोचेको बताउनुुहुन्छ । रामपुर  खानेपानी आयोजनाले तीन दिनसम्म प्राविधिक परिचालन गरेर २५ धरधुरीलाई खानेपानी सुविधा उपलब्ध गराएको  अध्यक्ष राजुप्रसाद श्रेष्ठ बताउनुहुन्छ ।  

निःशुल्क रुपमा  घरघरमा धारा जडान गरेर खानेपानी उपभोग गर्न पाउँदा स्थानीयवासी खुशी भएका छन् । पानी उपभोग गरेरवापत मासिक शुल्क भने स्थानीय उपभोक्ताले बुझाउनुपर्ने हुन्छ ।  काँसजरी क्षेत्रका करीब दुई सय मानिस खानेपानी सुविधाबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।