११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मर्स्याङ्दी नदीमा मनसुन विपद् उद्धार अभ्यास



अ+ अ-

मनाङ। मनसुन सुरूआतसँगै हुनसक्ने विभिन्न विपद् उद्धार अभ्यास गरिएको छ । नेपाली सेना नयाँ भैरवी दल गुल्म र सशस्त्र प्रहरी बल नं ३२ गुल्म मनाङको संयुक्त आयोजनामा आज नासो गाउँपालिका–१ तालगाउँस्थित मस्र्याङ्दी नदीमा मनसुन विपद् उद्धार अभ्यास गरिएको छ ।

मनसुनलाई मध्यनजर गरी नेपाली सेना, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायले विपद् उद्धार अभ्यासमा प्राथमिकता दिँदै आएको छ ।
नेपाली सेना तथा सशस्त्र प्रहरीलगायत सुरक्षा निकायले विपदमा उद्धार गर्न सहयोग पुर्‍याउने उद्देश्यले ‘मनसुन विपद् उद्धार अभ्यास एवं डेमोस्टे«सन’ गरिएको नेपाली सेना नयाँ भैरवी दल गुल्मका गुल्मपति सेनानी रामबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मुनसुनमा घट्नसक्ने बाढी, पहिरो, डुबान एवं विपद् उद्धार अभ्यासले मद्दत पुग्नेछ ।

जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी मात्रिका आचार्यले मनसुन सक्रिय हुने अवस्थामा विपद्का घटना हुनसक्छन्, त्यस अवस्थामा उद्धारका अभ्यासले टेवा पु¥याउने बताउनुभयो । उहाँले भन्नुभयो, “अभ्यासले जनचेतना जगाउन सहयोग गर्ने गर्दछ ।”

सशस्त्र प्रहरी बल नं ३२ गुल्मका प्रहरी नायब उपरीक्षक हिराबहादुर जिसीले भन्नुभयो, “अभ्यासले सुरक्षा निकायलाई अभ्यस्त बनाउनुका साथै स्थानीयलाई पनि सचेत गराउन मद्दत पुग्छ ।” स्थानीय निकाय तथा सरोकारवाला निकायबीचको सहकार्यमा विपद्का घटनामा नेपाली सेना र सशस्त्र प्रहरी बलले प्रभावकारी काम गर्ने उहाँको भनाइ छ ।

नेपाली सेना र सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायले आगलागी, सडक दुर्घटना, जल उत्पन्न प्रकोप, भूकम्पजस्ता विपद्जन्य घटनामा खोज तथा उद्धार गर्दै आएको छ ।

बाढी र डुबानमा परेकाको उद्धार गर्नेबारे अभ्यास गरेको हो । अभ्यासले वास्तविक उद्धारमा काम गर्न सहज हुने बताइएको छ । अभ्यासमा दक्ष जनशक्तिले गहिराइमा डुबेका पीडितको उद्धार गर्ने कला प्रदर्शन गरेका थिए ।

भदौ, आश्विन र कात्तिकमा सडक दुर्घटना, महामारी, चट्याङसम्बन्धी, मङ्सिर, पुस र माघमा ‘लु’ तथा ‘डिहाइड्रेसन’, शीतलहर तथा जाडोसम्बन्धी, फागुन र चैतमा आगलागी, हावाहुरी तथा आँधीबेरी र वैशाख, जेठ र असारमा जल उत्पन्न प्रकोप र बाढी पहिरोसम्बन्धी विपद् सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

विसं २०७८ जेठ २९ र असार १ गतेको बाढीको डुबानमा परेका तालगाउँमा उद्धार अभ्यास गरिएको छ । जसले यहाँका स्थानीयवासीलाई उद्धारका अभ्यासले जनचेतना जगाउनेछ ।  रासस