४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना, चार जनाको सकुशल उद्धार



अ+ अ-

पोखरा । बुधबार पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना भएको छ ।

पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा अनियन्त्रित भई फेवा तालमा खसेको हो ।

सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गणबाट खटिएको सुरक्षा फौजले चार जनालाई करिब ३ बजे सकुशल उद्धार गरेको हो ।

सशस्त्रले भारतको बनारस घरभएका ४१ वर्षीय अकलेस यादव र ३५ वर्षीय चन्दनकुमार पटेल तथा अग्नि प्याराग्लाइडिङका पाइलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाइडिङका पाइलट २८ वर्षीय विश्वास अधिकारीलाई कुशल उद्धार गरेको हो ।