१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

प्रधानमन्त्री देउवाद्वारा प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्न आग्रह, छ महिना पछि विचार गरौंला: प्रधानन्यायाधीश राणा

प्रधानमन्त्री देउवाद्वारा प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्न आग्रह, छ महिना पछि विचार गरौंला: प्रधानन्यायाधीश राणा
अ अ+ अ-

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा गर्न चौतर्फी दबाब झेलिरहनु भएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाइ मार्गप्रशस्त गर्न आग्रह गर्नु भएको छ ।

प्रधानमन्त्री देउवाले बिहीबार आफ्नै सरकारी निवास बालुवाटारमा प्रधानन्यायाधीश राणासँग लामै छलफल गर्नु भएको थियो ।  प्रधानमन्त्री देउवाले तीन महिनादेखि न्यायपालिका क्रियाशील हुन नसकेको भन्दै राजीनामा गर्न आग्रह गर्नु भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

तर प्रधानमन्त्रीको आग्रहलाई बेवास्ता गर्दै प्रधानन्यायाधीश राणाले छ महिना पछि मात्र यस विषयमा विचार गरौंला भन्दै बाहिरिनु भएको थियो । राणाले आफू संवैधानिक प्रक्रियाबाट नियुक्त भएको हुँदा संवैधानिक प्रक्रियाबाट मात्र बाहिरिने पूर्व अडान दोहोर्याउनु भएको थियो ।  

छलफलका क्रममा प्रधानमन्त्री देउवाले न्यायपरिषद्को बैठक राख्न नसकिएको, संवैधानिक परिषद्को बैठक बोलाउन कठिन भएको, सर्बोच्चका अन्य न्यायाधीशहरुले सहयोग नगरेको साथै मुद्दा हेर्ने अवस्था पनि नरहेका कारण मार्गप्रशस्त गर्दा उपयुक्त हुने सुझाव दिनु भएको थियो ।   

प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीशले राजीनामा गर्दा न्यायपालिका र स्वयं प्रधानन्यायाधीशको समेत प्रतिष्ठा कायम हुने स्मरण गराउनु भएको थियो ।

बालुवाटार छलफलमा प्रधानन्यायाधीश राणाले राजीनामा नदिने बरू संवैधानिक प्रकृयामा प्रवेश गर्न चाहेको बुझेपछि प्रधानमन्त्री देउवाले शुक्रबार काँग्रेस नेता रमेश लेखक समेत काँग्रेस निकट केही कानुन व्यवसायीसँग परामर्श समेत गर्नु भएको थियो ।

उहाँहरुसँगको परामर्शपछि प्रधानमन्त्री देउवाले शनिबार यस विषयमा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि कुरा गर्नु भएको स्रोतले जानकारी दियो ।

अधिकांश मिडियामा दुई नेताबीच सभामुख अग्नि सापकोटा र अमेरिकी सहयोग कार्यक्रम एमसिसीका विषयमा छलफल केन्द्रित भएको बताएका थिए । यद्यपी भेटपछि दुबै नेताले कुनै प्रतिक्रिया दिनु भएको छैन ।

एमाले अध्यक्ष ओलीले यसअघि प्रधानन्यायाधीश राणा मात्र नभई आफ्नो सरकार ढाल्न भूमिका निर्वाह गर्ने संवैधानिक इजलासका पाँचै जना न्यायाधीशलाई पदबाट हटाउनु पर्ने सार्वजनिक विचार राख्दै आउनु भएको थियो । अध्यक्ष ओलीले प्रधानन्यायाधीशका विरुद्धमा देउवा सरकारले संसदमा महाभियोग प्रस्ताव ल्याउने सम्भावना नरहेको समेत बताउँदै आउनु भएको छ ।

प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग प्रधानन्यायाधीशका बारेमा कुनै गोप्य सहमति र समझदारी गरे नगरेको विषयमा भने प्रष्ट भइसकेको छैन । सत्ता साझेदार दलहरु नेकपा (माओवादी केन्द्र) र नेकपा (समाजवादी एकीकृत) ले प्रधानन्यायाधीश राणाले मार्गप्रशस्त गर्न सुझाव दिइसकेका छन् ।

उता प्रधानन्यायाधीश राणाको विरुद्धमा नेपाल बार एसोसिएसनको विरोध अभियान जारी छ भने सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीशसँगको संयुक्त इजलासमा बस्न चाहिरहेका छैनन् ।