२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से १३ दशमलव ६९ अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ६९ अङ्कले घटेर दुई हजार ६६४ दशमलव ४७ को विन्दुमा कायम भएको हो ।

आज तीन सय सात कम्पनीको दुई करोड २० लाख ७५ हजार ७६९ कित्ता शेयर ८१ हजार ७०३ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ९० करोड ७० लाख पाँच हजार ५७५ दशमलव शून्य आठको कारोबार भएको छ । जलविद्युत् समूह एक दशमलव १३ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेका छन् ।

आजको कारोबारमा बुटवल पावर कम्पनी लिमिटेड, प्युअर इनर्जी लिमिटेड र सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी पाँच दशमलव ८९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज राधी विद्युत् कम्पनी लिमिटेडको सबैभन्दा बढी रु ६१ करोड ५७ लाख १७ हजार १४४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटरको सबैभन्दा बढी १० लाख ८९ हजार ५४८ कित्ता शेयर खरिदबिक्री भएको छ ।