३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

१० कित्ते शेयर नीति पुनरावलोकन गर्ने बेला भयोः सह–सचिव आचार्य

१० कित्ते शेयर नीति पुनरावलोकन गर्ने बेला भयोः सह–सचिव आचार्य
अ+ अ-

अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले प्राथमिक शेयर (आईपीओ) मा लागू रहेको १० कित्ते नीतिको पुनरावलोकन आवश्यक भएको बताएका छन्।

प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै आचार्यले १० कित्ते नीतिले साना लगानीकर्तालाई शेयर बजारमा ल्याउन सफल भए पनि दीर्घकालीन लगानी संस्कृतिको विकास गर्न नसकेको बताए। उनका अनुसार अधिकांश सर्वसाधारणले कम्पनीको अवस्था, वित्तीय विवरण वा प्रस्पेक्टस अध्ययन नगरी केवल ‘मेरो सेयर’ एपमार्फत आवेदन दिने प्रवृत्ति बढेको छ।

उनले १० कित्ते नीतिका कारण लगानीकर्तामा कम्पनीको दीर्घकालीन साझेदार बन्नेभन्दा छोटो अवधिमा शेयर मूल्य दोब्बर–तेब्बर हुने अपेक्षा बढेको उल्लेख गरे। “धेरैजसो लगानीकर्ताले कम्पनीको वार्षिक साधारणसभामा समेत चासो दिँदैनन्। उनीहरूको लक्ष्य केवल आईपीओ परेपछि छिट्टै नाफा कमाउने हुन्छ,” उनले भने।

आचार्यले यस्ता साना लगानीकर्तालाई प्रत्यक्ष शेयर बजारभन्दा म्युचुअल फन्डमार्फत लगानीतर्फ आकर्षित गर्न सके बजार अझ व्यवस्थित र दीर्घकालीन बन्ने विश्वास व्यक्त गरे। हाल सञ्चालनमा रहेका ७० देखि ८० लाख डिम्याट खातामध्ये ठूलो हिस्सा निष्क्रिय रहेको उनको भनाइ छ।

उनले धितोपत्र बजारमा देखिएका समस्या वित्तीय साक्षरताको अभाव र सुशासनसँग पनि जोडिएको उल्लेख गर्दै आईपीओ प्रक्रियामा देखिने अनियमितता नियामकीय सुधारमार्फत समाधान गर्नुपर्नेमा जोड दिए।

नेपाल ग्रे लिस्टबाट बाहिरिने दिशामा

बैठकमा सहसचिव आचार्यले नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टबाट बाहिरिने दिशामा उल्लेखनीय प्रगति गरिरहेको जानकारी पनि दिए।

उनका अनुसार एफएटीएफले दिएको १५ बुँदे कार्ययोजनामध्ये चार वटा पूर्ण रूपमा कार्यान्वयन भइसकेका छन् र नेपालले ती विषयमा ‘फुल्ली एड्रेस’ भएको मान्यता प्राप्त गरिसकेको छ।

आचार्यले आगामी सेप्टेम्बरमा मलेसियामा हुने एशिया प्यासिफिक ग्रुप अन मनी लाउण्ड्रिङ (एपीजी) को बैठकमा बाँकी कार्ययोजनामा भएको प्रगति प्रस्तुत गरिने बताए। सुपरभिजन, बेनिफिसियल ओनरशिप, सम्पत्ति जफत, मुद्दा अनुसन्धान तथा अभियोजनमा निकायबीचको समन्वयलगायत क्षेत्रमा तीव्र रूपमा काम भइरहेको उनले जानकारी दिए।

उनका अनुसार नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, सहकारी तथा क्यासिनो क्षेत्रका नियामक निकायको प्रभावकारी सुपरभिजन पनि एफएटीएफको कार्ययोजनाको महत्वपूर्ण हिस्सा हो।

ठूला वित्तीय अपराधसम्बन्धी मुद्दाको अनुसन्धान, नियामकीय सुधार र अन्तरनिकाय समन्वयमा प्रगति भइरहेकाले हालको कार्यगतिले निरन्तरता पाए नेपाल निकट भविष्यमै एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सक्ने अवस्था बन्ने आचार्यले विश्वास व्यक्त गरे।