११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

गृहमन्त्रीको राजीनामा आउँदैन, धेरैमा संसदीय समिति बन्ला: प्रवक्ता गुरुङ

गृहमन्त्रीको राजीनामा आउँदैन, धेरैमा संसदीय समिति बन्ला: प्रवक्ता गुरुङ
अ अ+ अ-

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अवरुद्ध प्रतिनिधि सभाको बैठक छिटै सुचारु हुने बताउनुभएको छ ।

मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुको प्रश्नमा बुधवार सरकारका प्रवक्ता गुरुङले आईतवार वा सोमवारसम्म (आज वा भोलिसम्म) बैठक सुचारु हुने बताउनुभएको हो ।

भिजिट भिसाको प्रकरणलाई लिएर प्रतिपक्षली दलहरले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएका छन् । अख्तियारले एउटा कर्मचारीमाथि छानविन शुरु गरेको र कर्मचारीमाथि छानविन शुरु गर्दा गृहमन्त्रीको राजीनामा नआउने स्पष्ट पार्नुभयो । उहाँले उटा कर्मचारीमाथि छानविन हुने बित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार चल्न नसक्ने जिकिर गर्नुभयो । अहिले पनि संसदको अवरोध खुलाउने बारेमा सत्ता पक्ष र प्रतिपक्षबीच छलफल जारी रहेको बतउनु भयो । गृहमन्त्रीले राजीनामा नदिने बरु संसदीय छानविन समिति कसरी बनाउने भन्नेमा छलफल जारी रहेको बताउनु भयो । सदनमा उठेका प्रश्नको जवाफ संसदमा गृहमन्त्रीले दिने र प्रतिपक्षले संसद खोलेर सहयोग गर्ने, बजेट सम्बन्धी छलफलको प्रक्रिया अघि बढाउने काम गर्नुपर्ने बताउनु भयो ।

मन्त्री गुरुङले भन्नुभयो, ‘संसद अवरुद्ध भएको धेरै दिन भइसकेको छ । अख्तियारले एउटा कर्मचारीमाथि छानविन शुरु गरेको । गृहमन्त्रालयको एउटा कर्मचारीमाथि । एउटा कर्मचारीमाथि छानविन हुने बित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार चल्दैन । धेरै हिसावले अनुपयुक्त थियो । अहिले संसद जसरी अवरुद्ध भइरहको छ, सत्तापक्ष र प्रतिपक्षको बीचमा लामै छलफल चलिरहेको छ । आज सम्भवतः संसद खुल्नसक्ने सम्भावना छ । गृहमन्त्रीले राजीनामा दिनेकुरा फेरि पनि आउँदैन । धेरैमा संसदीय छानविन कसरी बनाउने, के बनाउने भन्नेमा छलफल भइरहेको छ । हाम्रो उठिरहेका प्रश्नको संसदमा धारणा राख्ने र प्रतिपक्षले संसद खोलेर सहयोग गर्ने, बजेट सम्बन्धी छलफलको प्रक्रिया अघि बढाउने काम गरिरहेका छौँ । राजनीति, संसदलाई कसरी लैजाने भन्नेकुरा सानोतिनो कुरा उठाएर अफ्ठ्यारो पार्ने कुराले राजनीति अघि बढ्दैन । सम्भवतः आज वा भोलिसम्म संसद चल्छ ।’

मन्त्री गुरुङले सानोतिनो कुरा उठाएर अफ्ठ्यारो पार्ने कुराले राजनीति अघि बढ्न नसक्ने बताउनु भयो ।