४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा देखिए अहिलेसम्मकै बढि संक्रमित



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा आज अहिलेसम्मकै बढि संक्रमित भेटिएका छन् । मंगलबार उपत्यकामा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

संक्रमितहरु काठमाडौंका सात पुरुष र पाँच महिला गरी १२ जना, ललितपुर र भक्तपुरका एक–एक जना पुरुषमा रहेको उनले बताए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १३ हजार ५६४ पुगेको छ। संक्रमितमध्ये हालसम्म ३ हजार १ सय ९४ जना निको भएर घर फर्किएका छन्। 

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ६० जना घर फर्किएका छन्।