३१ भाद्र २०८३, बुधबार
,
Latest
‘पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन’–जैसी प्रतिनिधि सभा नियमावलीका विवादित प्रावधान कार्यान्वयनमा सर्वोच्चको रोक चामे–बेँसीसहर सडक अवरुद्ध इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना रोकथामका लागि कार्यप्रणालीमा सुधार गर्न सांसदहरुको माग



अ+ अ-

काठमाडौं । सांसदहरुले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले कार्यप्रणालीमा सुधार गर्न नसकेको बताएका छन् । 

संघीय संसद प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा सांसदहरुले नेपालमा कोरोना संक्रमणको पहिलो केस देखि पछिको अहिलेसम्म आउँदा काम गर्ने तरिकामा कुनै परिवर्तन ल्याउन नसकेको बताएका हुन् ।

पाँच महिनामा कुनै पनि विषयको समस्या समाधान हुने गरी काम हुन नसकेको बताएका हुन् । क्वारेन्टाइन, आइसोलेसन सेन्टर, अस्पतालको गुणस्तरीय सेवा, ल्याबहरुको क्षमता बढाउने लगायका काममा कुने प्रगति हुन नसकेको सांसदहरुले बताए ।

सांसदहरुले सरकार अझैपनि खरिद प्रक्रियामा अल्झदै बसेको भन्दै त्यसलाई सुधार गर्न आग्रह गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले स्वास्थ्य सामग्रीको खरिद, संकलन र वितरणका लागि छुट्टै केन्द्र बनाउनुपर्ने बताउनुभयो । उहाँले सांसदहरुले आपूर्ति व्यवस्थापन महासाखाबाट झगडा गरेर स्वास्थ्य सामग्री माग्ने र आफुले चाहेको ठउँमा लगेर बाँडने र फोटो खिच्ने प्रवृतिले स्वास्थ्य सामग्रीको वितरणमा विकृति आएको बताउनुभयो ।

उहाँले सरकारका निकायहरु स्वास्थ्य उपचारको गुणस्तर बढाउने भन्दा पनि क्वारेन्टाइन बनाउने, राहत वितरण गर्ने, खाना खुवाउने काममा लाग्दा अहिले सम्म पनि कुनै सुधार नदेखिएको बताउनुभयो ।

सांसद जीवनराम श्रेष्ठले नेपालमा पहिलो केस देखिएको पाँच महिना पुग्दा समेत कुनै समस्याको प्रभावकारी समाधान गर्न नसकिएको बताउनुभयो । सरकार खरिद प्रक्रियामा अल्झने र स्थानीय तहले मापदण्ड विपरित क्वारेन्टाइन तथा आइसोलेसन सेन्टर बनाउने कुरामा मात्रै केन्द्रीत हुँदा समस्या जस्ताको तस्तै रहेको उहाँले बताउनुभयो ।

सांसद हितबहादुर तमाङले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि संघीय सरकार र प्रदेश सरकारबीच अझैपनि समन्वय हुन नसकेको बताउनुभयो । यस्तै स्थानीय तहहरुबीच क्वारेन्टाइन र आइसोलेसन सेन्टर खोल्ने प्रतिस्पर्धाले पनि गुणस्तरीय काम हुन नसकेको उहाँले बताउनुभयो ।

सांसद विद्या भट्टराईले कोभिडका कारण हुने स्वास्थ्य समस्या भन्दा नयाँ खालको समस्या उत्पन्न भएको बताउनुभयो । कोभिडलाई स्वास्थ्यको डाइमेन्सनबाट मात्र नभएर सोसिओपोलिटिकल र इकोनोमिक डाइमेन्सनबाट पनि हेर्नुपर्ने बताउनुभयो ।

उहाँले कोरोनाका संक्रमित भन्दा पनि अन्य दिर्घरोग लागेका र सुत्केरी तथा गर्भवति महिलाले उपचार नपाउने अवस्था आउँदा अझ बढी समस्या देखिएको बताउनुभयो । यस्तै लामो समय भइसक्दा पनि क्वारेन्टाइनको गुणस्तरमा सुधार गर्न नसकेको उहाँले बताउनुभयो ।

सांसद अन्जना विशंखेले कोरोना भाइरसका कारण समाजमा नयाँ समस्या देखिदै गएकोले अवको समस्या के हो भन्ने कुरालाई फरक ढंगले सोच्नुपर्ने बताउनुभयो । उहाँले कोभिडलाई सामाजिक हिसाबले जोडेर त्यसबाट आएका समस्या समाधानका लागि काम गर्नुपर्ने बताउनुभयो ।

सांसदहरुले सरकारले गरेका कामहरुको समिक्षा गर्दै लामो समय भइसक्दा पनि काम गर्ने तरिकामा सुधार गर्न नसकेको बताए । अहिले कोरोनाको कारणले भन्दा पनि अन्य रोगहरुका कारण समस्या देखापरेको र यो अवस्थामा सरकारको ध्यान कोरोनामा मात्रै केन्द्रीत भएको भन्दै सबै पक्षलाई हेरेर काम गर्न सरकारलाई आग्रह गरेका छन् ।