६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोनी आइसीसीको ‘हल अफ फेम’मा समावेश, यो उपलब्धि हासिल गर्ने ११ औं भारतीय



अ+ अ-

काठमाडौँ । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को हल अफ फेममा समावेश गरिएको छ । आइसीसीले सोमबार यो घोषणा गरेको हो ।

धोनी यो सम्मान पाउने ११ औं भारतीय खेलाडी बनेका छन् । यसअघि यो उपलब्धि सुनील गावस्कर, बिसन बेदी सिंह, कपिल देव, अनिल कुम्बले, राहुल द्रविड, सचिन तेन्दुलकर, विनु मांकड, डायना एडुल्जी, विरेन्द्र सहवाग, नितु डेभिडले हासिल गरेका छन् ।

आईसीसीले धोनीको करियरको बारेमा भन्यो, ‘१७,२६६ अन्तर्राष्ट्रिय रन, ८२९ क्याच र ५३८ खेल’ यी तथ्याङ्कले उनको प्रतिभाको मात्र नभई उनको निरन्तरता, फिटनेस र लामो करियरको पनि प्रमाण दिन्छन् ।’

यस सम्मानप्रति प्रतिक्रिया दिँदै धोनीले भने, ‘आईसीसी हल अफ फेममा नाम समावेश हुनु मेरो लागि ठूलो सम्मान हो । विश्वभरका दिग्गज खेलाडीहरूको सूचीमा मेरो नाम देख्नु मेरो लागि गर्वको कुरा हो । म यो क्षणलाई सधैं कदर गर्नेछु ।’

सूचीमा ५ पुरुष र २ महिला क्रिकेटर समावेश
आइसीसीले २०२५ को हल अफ फेमको सूचीमा जम्मा ७ खेलाडीलाई समावेश गरेको छ । जसमा ५ पुरुष र २ महिला खेलाडी छन् ।

पुरुष खेलाडीहरूमा दक्षिण अफ्रिकाका हाशिम अमला, भारतका महेन्द्र सिंह धोनी, अष्ट्रेलियाका म्याथ्यू हेडेन, दक्षिण अफ्रिकाका ग्रीम स्मिथ र न्यूजील्याण्डका डेनियल भेट्टोरी रहेका छन् ।

महिला क्रिकेटरहरूमा पाकिस्तानकी साना मिर र इङ्ग्ल्याण्डकी सारा टेलरले यो सम्मान पाएका छन् ।

तीनवटै आईसीसी ट्रफी जित्ने एकमात्र भारतीय कप्तान
धोनी अहिलेसम्मका एक मात्र भारतीय कप्तान हुन् जसले भारतलाई तीनवटै आईसीसी ट्रफी (२००७ को टी–२० विश्वकप, २०११ को एकदिवसीय विश्वकप र २०१३ को च्याम्पियन्स ट्रफी) मा जित दिलाएका छन् । उनको नेतृत्वमा भारत टेस्टमा पनि नम्बर–१ टोली बन्यो ।