२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा सुधार



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक २५ दशमलव ०७ अङ्कले बढेर दुई हजार ६७८ दशमलव १७ को विन्दुमा कायम भएको हो ।

आज ३११ कम्पनीको दुई करोड ३६ लाख ९७ हजार १४५ कित्ता शेयर ८१ हजार ७३८ पटक खरिदबिक्री हुँदा रु १० अर्ब १६ करोड नौ लाख ८१ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूह पाँच दशमलव १२ प्रतिशतले बढेको हो । बैङ्किङ शून्य दशमलव ९३, विकास बैङ्क शून्य दशमलव ७१, होटल तथा पर्यटन एक दशमलव २८, जलविद्युत् शून्य दशमलव ४६, लगानी शून्य दशमलव ६८ र जीवन बिमा एक दशमलव ०८ प्रतिशतले बढेको हो ।

त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, लघुवित्त शून्य दशमलव ६१, म्युचुअल फन्ड शून्य दशमलव २३, निर्जीवन बिमा एक दशमलव २६ व्यापार एक दशमलव ०७ र अन्य समूह एक दशमलव ५१ प्रतिशतले बढेको हो ।

आजको कारोबारमा प्युअर इनर्जी लिमिटेड र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य छ दशमलव १४ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर रु ५८ करोड ४९ लाख ५३ हजार ८७१ बराबरको २६ लाख ३३ हजार ७२८ कित्ता किनबेच भएको छ ।