३ भाद्र २०८३, बुधबार
,
Latest
बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानचेस्टरको युरोपेली लिगमा छनोट सम्भावना बलियो



अ+ अ-

ब्राइटन । ब्रुनो फर्नान्डेसको दुई गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा ब्राइटनलाई ३–० ले हराएर युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायमै राखेको छ ।

फर्नान्डोको व्यक्तिगत उत्कृष्ट प्रदर्शनले म्यानचेस्टर यो सिजनकै सबैभन्दा माथिल्लो दर्जाको फुटबल पस्कन सफल रह्यो ।
एमेक्स स्टेडियममा म्यानचेस्टरले मेसन ग्रिनउडको गोलले अग्रता लिएको थियो । यो जितपछि म्यानचेस्टर पाँचौं स्थानमा उक्लेको छ । उसलाई उल्भ्समाथि समान अंकमा गोल अन्तरको फाइदा छ । ओले गन सोल्सारको टिम चौथो स्थानमा रहेको चेल्सीभन्दा दुई अंकले मात्र पछाडि छ ।

दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई अर्को सिजन युरोपमा खेल्नबाट प्रतिबन्ध लागे पाँचौं स्थानको टिमले पनि च्याम्पियन्स लिग खेल्न पाउनेछ । जनवरीमा लिस्वनबाट म्यानचेस्टर आएका फर्नान्डोले क्लबका लागि लिगमा ६ गोल गरिसकेका छन् । उनको आगमनपछि म्यानचेस्टरले आफ्नो पुरानो छवि फर्काउन थालेको छ ।