२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने, नन्दनको ओडीआईमा डेब्यू



अ+ अ-

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

डुनेडीमा केहीबेरमै सुरु हुने खेलमा नेपालले टस हारेको छ भने नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । नेदरल्याण्ड्सका कप्तान स्कट एड्वार्ड्सले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

नेपालले यस खेलमा तीन परिवर्तन गरेको छ । चोटका कारण बाँकी खेल गुमाएका सोमपाल कामी र गुल्शन झाको स्थानमा नन्दन यादव र बसिर अहमद टिममा आएका छन् ।

ओपनिङ ब्याटर आसिफ शेखको स्थानमा अनिल शाह आएका छन् । नन्दनले नेपालका लागि डेब्यू गर्नेछन् । यसअघि एकपटक टिममा परेपनि उनले मौका पाएका थिएनन् ।

नेपालले यसअघि भएको खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो ।