११ श्रावण २०८३, सोमबार
,
Latest
झुण्डिएका तार व्यवस्थापनबारे सञ्चार र ऊर्जा मन्त्री संयुक्त अनुगमनमा जाने नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउन तीन ठाँउमा उपकरण आँपको उत्पादन बढ्यो, घटेन मूल्य देवानगञ्ज घटनापछि सुनसरीमा सर्वदलीय बैठक जारी, कप्तानगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्चालनमा पोखरामा अमेरिकी नागरिकको मृत्यु कप्तानगञ्जमा कर्फ्यु उल्लंघनपछि सेना परिचालन हिमालयन रि-इन्स्योरेन्सको प्रिमियम सेयरविरुद्धको रिट खारेज, प्रिमियम रकम जगेडा कोषमा राख्न सर्वोच्चको आदेश नारायणी अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमणप्रति मन्त्रालयको शून्य सहनशीलता काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने, नन्दनको ओडीआईमा डेब्यू



अ+ अ-

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

डुनेडीमा केहीबेरमै सुरु हुने खेलमा नेपालले टस हारेको छ भने नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । नेदरल्याण्ड्सका कप्तान स्कट एड्वार्ड्सले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

नेपालले यस खेलमा तीन परिवर्तन गरेको छ । चोटका कारण बाँकी खेल गुमाएका सोमपाल कामी र गुल्शन झाको स्थानमा नन्दन यादव र बसिर अहमद टिममा आएका छन् ।

ओपनिङ ब्याटर आसिफ शेखको स्थानमा अनिल शाह आएका छन् । नन्दनले नेपालका लागि डेब्यू गर्नेछन् । यसअघि एकपटक टिममा परेपनि उनले मौका पाएका थिएनन् ।

नेपालले यसअघि भएको खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो ।