३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिङ्गाड गाउँपालिका पूर्णखोप सुनिश्चित घोषणा



अ+ अ-

सुर्खेत। चिङ्गाड गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ । सबै वडाका पाँच वर्षमुनिका बालबालिकाले आवश्यक सम्पूर्ण नियमित खोप लगाइसकेपछि पूर्णखोप सुनिश्चितता भएपछि सो पालिकालाई सुर्खेतको पहिला नै पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको हो ।

पाँच वर्षमुनिका सबै बालबालिकाले आवश्यक सम्पूर्ण नियमित खोप लगाइसकेपछि पालिकालाई नै पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । यससँगै चिङ्गाड गाउँपालिका जिल्लाकै पहिलो यस्तो पालिका बनेको छ ।

जनस्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत घनबहादुर बुढाका अनुसार जिल्ला खोप समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा घोषणा गरिएको हो । वडास्तरमा खोप सुनिश्चितताको घोषणापछि पालिकाले सम्पूर्ण मापदण्ड पूरा गरेपछि पूर्णखोप सुनिश्चित पालिकाको रूपमा मान्यता पाएको हो । उहाँले पहिले वडास्तरमा खोप घोषणा भएको र त्यसपछि पालिकास्तरमा पूर्ण सुनिश्चितता घोषणा गरिएको स्पष्ट पार्नुभयो ।

स्थानीय सरकार, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक र समुदायको निरन्तर प्रयास र सहकार्यबाट पूर्णखोप सुनिश्चितता घोषणा गर्न सफल भएको उहाले जाकारी दिनुभयो । पूर्णखोप सुनिश्चितता भनेको सबै बालबालिकाले समयमा सबै खोप लगाउनु र त्यो उपलब्धि दिगो रूपमा कायम गर्नुपर्ने सरोकारवालाहरूले जोड दिएका छन् ।

कार्यक्रमका खोप समन्वय समितिका कार्यवहाक अध्यक्ष सचिन बडुवालले बालबालिकाको जीवनरक्षा र स्वस्थ भविष्यका लागि खोप कार्यक्रमको सफल कार्यान्वयन निकै सराहनीय रहेको बताउनुभयो ।

चिङ्गाड गाउँपालिकाका अध्यक्ष बोदविक्रम जिसीले स्थानीय सरकार, स्वास्थ्यकर्मी, स्वयंसेविका, अभिभावक र सम्पूर्ण समुदायबीचको सहकार्यकै कारण यस्तो महत्त्वपूर्ण उपलब्धि सम्भव भएको बताउनुभयो । जनस्वास्थ्य सेवा कार्यालयतका प्रमुख करुणा भट्टराईले सबै बालबालिकाले समयमा खोप लगाउनुमात्र पर्याप्त नभई त्यो अभ्यासलाई दिगो रूपमा कायम राख्नु अत्यावश्यक छ भन्नुभयो । रासस