११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

तमानखोला गाउँपालिका पूर्णखोप सुनिश्चित घोषणा



अ+ अ-

बागलुङ। यहाँको तमानखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ ।

जन्मेदेखि १५ महिना उमेर समूहका १६३ जना नियमित खोप लगाइरहेको र १६ देखि २४ महिना उमेर समुहका ११४ जनालाई खोप दिएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

गाउँपालिकाका छवटै वडाका स्वास्थ्य संस्थाबाट बालबालिकालाई खोप दिँदै आएको स्वास्थ्य शाखा प्रमुख तिलबहादुर छन्त्यालले बताउनुभयो । सुरुमा सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेको उहाँको भनाइ छ । राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाले सबै खोपको मात्रा पूरा गरेको छन्त्याल बताउनुहुन्छ ।

बालबालिकाले पोलियो, दादुरा, हेपाटाइटिस, जापानीज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइडलगायत रोगहरुको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेको उहाँको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले भौगोलिक विकटताका बाबजुद पनि स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन गर्न सफल भएको बताउनुभयो । रासस