२ पुष २०८२, बुधबार
,
Latest
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितुवाको आक्रमणबाट छ वर्षीय बालकको मृत्यु



अ+ अ-

तनहुँ। यहाँको बन्दीपुर गाउँपालिका–२ कुवादीमा आज साँझ चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा छ वर्षीय उत्सव गुरुङ रहेको प्रहरीले जनाएको छ ।

आँगनमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणपछि उपचारका लागि उनलाई बन्दीपुर अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

तनहुँको भानु, बन्दीपुर, आँबुखैरेनीमा पछिल्ला केही वर्षयता चितुवा आतङ्क बढेको छ। यसैबीच, तनहुँको घिरिङ गाउँपालिका–४ गड्यौलीटारमा करेन्ट लागेर आज एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १५ वर्षीया निर्मला कुमाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रुखमा घाँस काट्ने क्रममा ‘हाइटेन्सन लाइन’को तार छोएर घाइते कुमालको उपचारका क्रममा बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । रासस