११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एथलेटिक्समा लुम्बिनी च्याम्पियन



अ+ अ-

काठमाडौँ। लुम्बिनी प्रदेशको टोली यु–१४ एथलेटिक्सको च्याम्पियन बनेको छ । लुम्बिनी सर्वाधिक चार स्वर्ण जित्दै च्याम्पियन बनेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गतको प्रतियोगितामा कर्णाली प्रदेश दुई स्वर्ण र पाँच रजतका साथ दोस्रो भयो । गण्डकी र मधेस प्रदेश समान दुई स्वर्ण, एक रजत र एक कास्यका साथ संयुक्त रूपमा तेस्रो भए । १२ स्वर्णका लागि प्रतिस्पर्धा भएकामा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशले समान एक–एक स्वर्ण जिते ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दोस्रो तथा अन्तिम दिन छात्र/छात्रामा समान तीन–तीन गरी छ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । छात्र २०० मिटरमा गण्डकीका हेमराज चौधरी पहिलो भए । उनले निर्धारित दूरी २४ दशमलव नौ सेकेन्डमा पूरा गरे । मधेसका आयुश चौधरी दोस्रो तथा कोशीका नितेश भट्टराई तेस्रो भए ।

सोही स्पर्धाको छात्रामा लुम्बिनीकी अनुजा थारु चौधरी पहिलो भइन् । अनुजाले निर्धारित दूरी तय गर्न ३१ दशमलव चार सेकेन्ड समय खर्चिन् । कोशीकी अस्मिता लाम्गाडे दोस्रो तथा मधेसकी वर्षा योञ्जन तेस्रो बनिन् ।

नेपालय इन्टरनेसनल म्यानेजमेन्ट प्रालिको सहआयोजना तथा नेपाल विद्यालय खेलकुद महासङ्घको संयोजनमा भएको प्रतियोगिताको छात्र ८०० मिटर दौडमा बागमतीका हस्त सुनारले स्वर्ण जिते । उनले दुई मिनेट ०७ दशमलव चार सेकेन्ड समय निकाले ।

कर्णालीका विवेक बोगटीले रजत तथा कोशीका नितेश भट्टराईले कास्य हात पारे । उक्त स्पर्धाको छात्रामा लुम्बिनीकी चाँदनी पासी दुई मिनेट ४७ दशमलव तीन सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन् । कोशीकी जुही राई दोस्रो तथा सुदूरपश्चिमकी रचना बोहरा तेस्रो भए ।

छात्र चार गुणा १०० मिटर रिलेमा मधेस पहिलो, कोशी दोस्रो र गण्डकी तेस्रो स्थानमा रहे । त्यसै स्पर्धाको छात्रामा लुम्बिनी, कर्णाली र कोशीले क्रमशः शीर्ष तीन स्थान हात पारे । रासस