३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एथलेटिक्समा लुम्बिनी च्याम्पियन



अ+ अ-

काठमाडौँ। लुम्बिनी प्रदेशको टोली यु–१४ एथलेटिक्सको च्याम्पियन बनेको छ । लुम्बिनी सर्वाधिक चार स्वर्ण जित्दै च्याम्पियन बनेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गतको प्रतियोगितामा कर्णाली प्रदेश दुई स्वर्ण र पाँच रजतका साथ दोस्रो भयो । गण्डकी र मधेस प्रदेश समान दुई स्वर्ण, एक रजत र एक कास्यका साथ संयुक्त रूपमा तेस्रो भए । १२ स्वर्णका लागि प्रतिस्पर्धा भएकामा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशले समान एक–एक स्वर्ण जिते ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दोस्रो तथा अन्तिम दिन छात्र/छात्रामा समान तीन–तीन गरी छ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । छात्र २०० मिटरमा गण्डकीका हेमराज चौधरी पहिलो भए । उनले निर्धारित दूरी २४ दशमलव नौ सेकेन्डमा पूरा गरे । मधेसका आयुश चौधरी दोस्रो तथा कोशीका नितेश भट्टराई तेस्रो भए ।

सोही स्पर्धाको छात्रामा लुम्बिनीकी अनुजा थारु चौधरी पहिलो भइन् । अनुजाले निर्धारित दूरी तय गर्न ३१ दशमलव चार सेकेन्ड समय खर्चिन् । कोशीकी अस्मिता लाम्गाडे दोस्रो तथा मधेसकी वर्षा योञ्जन तेस्रो बनिन् ।

नेपालय इन्टरनेसनल म्यानेजमेन्ट प्रालिको सहआयोजना तथा नेपाल विद्यालय खेलकुद महासङ्घको संयोजनमा भएको प्रतियोगिताको छात्र ८०० मिटर दौडमा बागमतीका हस्त सुनारले स्वर्ण जिते । उनले दुई मिनेट ०७ दशमलव चार सेकेन्ड समय निकाले ।

कर्णालीका विवेक बोगटीले रजत तथा कोशीका नितेश भट्टराईले कास्य हात पारे । उक्त स्पर्धाको छात्रामा लुम्बिनीकी चाँदनी पासी दुई मिनेट ४७ दशमलव तीन सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन् । कोशीकी जुही राई दोस्रो तथा सुदूरपश्चिमकी रचना बोहरा तेस्रो भए ।

छात्र चार गुणा १०० मिटर रिलेमा मधेस पहिलो, कोशी दोस्रो र गण्डकी तेस्रो स्थानमा रहे । त्यसै स्पर्धाको छात्रामा लुम्बिनी, कर्णाली र कोशीले क्रमशः शीर्ष तीन स्थान हात पारे । रासस