३१ भाद्र २०८३, बुधबार
,
Latest
‘पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन’–जैसी प्रतिनिधि सभा नियमावलीका विवादित प्रावधान कार्यान्वयनमा सर्वोच्चको रोक चामे–बेँसीसहर सडक अवरुद्ध इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज पनि सेयर बजारमा ‘पोजिटिभ सर्किट’, कारोबार रोकियो



अ+ अ-

काठमाडौं । आज पनि सेयरमा ‘पोजिटिभ सर्किट’ लाग्दा कारोबार स्थगित भएको छ । बुधबार ६ प्रतिशतले बजार बढेर ‘पोजिटिभ सर्किट’ लाग्दा कारोबार स्थगित गरिएको हो ।

कोरोना त्रासकै बिच सोमबारदेखि खुलेको बजार पहिलो दिन दोहोरो अंकले घटेको थियो भने मंगलबार पनि पोजिटिभ सर्किट ब्रेक लागेको थियो ।

बुधबार बजार खुलेको १ घण्टा २३ मिनेटमा सेयर कारोबार मापक नेप्से परिसूचक ७५ दशमलव ७७ अंकले बढेर १ हजार ३ सय ३६ दशमलव ५३ अंकमा पुग्दा कारोबार खुलेको पहिलो आधा घण्टा हुन नपाउँदै ४ प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो ।

दोस्रो पटक ५ प्रतिशतले बढेपछि ४० मिनेट रोकिएको कारोबार ६ प्रतिशतले रोकिएपछि बुधबारका लागि कारोबार नै स्थगित गरिएको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।

बुधबार सबै उपसमूहहरू हरियाली देखिदा होटल भने राताम्मे देखिएको छ । होटल ५ दशमलव १५ अंकले घटेको छ ।