१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

‘राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२’ जेठ ३० गते

‘राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२’ जेठ ३० गते
अ अ+ अ-

काठमाडौँ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले यही जेठ ३० गते ‘राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२’ अयोजना गर्ने भएको छ ।

प्रतिष्ठानद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालका सातै प्रदेशका मौलिक र रैथाने गीतसङ्गीत, नृत्य एवं नाटकलाई उपत्यकासँग परिचित गराउँदै संस्कृति आदालतप्रदानका लागि काठमाडौँमा उत्सव आयोजना गर्न लागिएको जानकारी दिइयो ।

प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलले उत्सवमा नेपाली लोकसङ्गीत, शास्त्रीय सङ्गीत, नाट्यकला र सांस्कृतिक विविधताको बहुआयामिक प्रस्तुति हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सातै प्रदेशका चर्चित तथा उदाउँदा कलाकारलाई एउटै मञ्चमा सहभागी गराइने छ । यस उत्सवले नेपाली मौलिक धुन, वाद्ययन्त्र र नाट्य परम्पराको पुनरावालोकन गर्दै नवप्रवर्तनशील सिर्जनशीलतालाई उजागर गर्न सहयोग पुग्ने विश्वास गरेका छौँ ।”

उत्सवमा सङ्गीत, नाट्य र साहित्य विधाका बुद्धिजीवी, अनुसन्धाता, अग्रज स्रष्टा कलाकार, विद्यालय र क्याम्पसका विद्यार्थीलाई समेत सहभागी गराइने उत्सवका संयोजक प्रतिष्ठानका उपकुलपति शम्भु राईले जानकारी दिनुभयो ।

बाह्य संस्कृतिको उपनिवेश एवं आन्तरिक सांस्कृतिक दबदबाका कारण अल्पसङ्ख्यक जाति–भाषी समुदायका लोकसंस्कृति लोपोन्मुख अवस्थामा पुगेकाले ती लोकसंस्कृति जगेर्नाका लागि पनि प्रतिष्ठानले यस खाले उत्सव आयोजनाको रणनीति बनाएको उपकुलपति राईको भनाइ थियो ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानकी सदस्यसचिव कुश्मा महराले उत्सवमा कोशी प्रदेशबाट आठ पहरिया राई जातिको ढोल नाच, माखण्डासे गीत, मधेस प्रदेशबाट मिथिला सङ्गीत र भोजपुरी गीत, बागमती प्रदशेबाट घ्याङ्ताङ निस्से नाच र फकन्दली नृत्य (नेपाल भाषा) प्रस्तुत हुने जानकारी दिनुभयो । यस्तै, गण्डकी प्रदेशबाट झाम्रे र यानिमाया नृत्य, लुम्बिनी प्रदेशबाट डिग्रे पैसरी र लस्के नृत्य, कर्णाली प्रदशेबाट टप्पा गीत र झ्याउरे नृत्य, सुदूरपश्चिमबाट देउडा र छलिया नृत्य प्रस्तुत हुने उहाँले बताउनुभयो ।

उत्सवमा कवि लक्ष्मी मालीको कविता ‘आमा तिम्रो नाम के हो ?’ कवितालाई वीरेन्द्र हमालको निर्देशनमा नाटक मञ्चनसमेत गरिने जनाइएको छ । रासस