४ पुष २०८२, शुक्रबार
,
Latest
लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशासन कायम गर्न मधेस प्रदेशमा ‘हेल्लो सिएम’ कार्यक्रम घोषणा



अ+ अ-

जनकपुरधाम। मधेस प्रदेशमा सुशासन कायम गर्ने उद्देश्यले प्रदेश सरकारले जनतासँग प्रत्यक्ष संवाद गर्नका लागि ‘हेल्लो सिएम’ अर्थात् हेल्लो मुख्यमन्त्री विशेष कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको नीति तथा कार्यक्रममा उक्त कार्यक्रम समावेश गरिएको छ । योजनाअन्तर्गत जनताले आफ्नो गुनासो, सुझाव तथा समस्यालाई मुख्यमन्त्री कार्यालयमा प्रत्यक्ष राख्न सक्ने बताइएको छ ।

यसका लागि टेलिफोन, सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत सिधै सम्र्पक गर्न सकिने छ । सोहीअनुरुप प्रदेश सरकारले विशेष सूचना प्रणालीमार्फत गुनासो ‘टिपोट ट्रयाकिङ’ तथा समाधान प्रक्रिया अनलाइन ‘ड्यासबोर्ड’मार्फत सञ्चालन गरिने जनाइएको छ । हेल्लो सिएम कार्यक्रमलाई सरकारले गुनासो सुन्ने माध्यममा सीमित नराखी समाधान र समाधानमुखी बनाउने जनाइएको छ ।

जनगुनासोलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै नीति निर्माण प्रक्रियामा समेत जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गरिने मधेस प्रदेश मुख्यमन्त्री सिंहको भनाइ छ । उहाँले यस कार्यक्रमलाई समावेशी, पारदर्शी तथा दिगो शासनको आधारस्तम्भका रुपमा विकास गरिने बताउनुभयो ।

यस्तै, सङ्घीय सरकारअन्तर्गत जनगुनासो सुनुवाइका लागि ‘हेल्लो सरकार’ को व्यवस्था रहेको छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहनेगरी यसको घोषणा गरिएको थियो । रासस