
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले भिजिट भिसामार्फत हुने गरेको मानव तस्करीको समस्या समाधान गर्नेमा सत्ता र प्रतिपक्षी दलहरु एक ठाउँमा रहेको बताउनुभएको छ ।
सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद बस्नेतले यस्तो बताउनुभएको हो । भिजिटि भिसाको विषयमा रहेका समस्याहरूको तत्कालीन र दीर्घकालीन समस्याको समाधान गर्ने कुरामा विमति नभए पनि कसले गर्ने भन्ने कुरामा सहमति नहुँदा संसदको गतिरोध अन्त्य हुन नसकेको बताउनु भयो । उहाँले भिजिट भिसा प्रकरणको बारेमा मङ्गलवार घनिभूत रूपमा छलफल गर्ने र बुधवारदेखि संसद खुलाउने गरी सत्तापक्ष र प्रतिपक्षीबिच छलफल भएको समेत बताउनु भयो । बुधवारदेखि संसदको गतिरोध अनत्य हुने उहाँको विश्वास छ ।
उहाँले भन्नुभयो, ‘भिजिट भिसा प्रकरणको समस्याबारे सबैमा एकरूपता नै देखिन्छ । यसको तत्कालीन र दीर्घकालीन समाधानको खोजी गनुपर्छ भन्ने कुरामा पनि कुनै समस्या र विमति रहेन । तर कसले गर्ने रु कसरी गर्ने रु भन्ने विषयमा छलफल गन बाँकी छ । भोलि हामी यो विषयमा सघन ढङ्गले छलफल गर्ने उद्देश्यले पर्सिलाई बैठक सारेका छौँ ।’
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै प्रतिपक्षी दलहरूले गत जेठ १३ देखि संसद अवरुद्ध गर्दै आएका छन् ।