२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसा समस्या समाधान गर्न सत्तापक्ष र प्रतिपक्षबीच कुनै विमति छैनः सांसद बस्नेत



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले भिजिट भिसामार्फत हुने गरेको मानव तस्करीको समस्या समाधान गर्नेमा सत्ता र प्रतिपक्षी दलहरु एक ठाउँमा रहेको बताउनुभएको छ ।

सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद बस्नेतले यस्तो बताउनुभएको हो । भिजिटि भिसाको विषयमा रहेका समस्याहरूको तत्कालीन र दीर्घकालीन समस्याको समाधान गर्ने कुरामा विमति नभए पनि कसले गर्ने भन्ने कुरामा सहमति नहुँदा संसदको गतिरोध अन्त्य हुन नसकेको बताउनु भयो । उहाँले भिजिट भिसा प्रकरणको बारेमा मङ्गलवार घनिभूत रूपमा छलफल गर्ने र बुधवारदेखि संसद खुलाउने गरी सत्तापक्ष र प्रतिपक्षीबिच छलफल भएको समेत बताउनु भयो । बुधवारदेखि संसदको गतिरोध अनत्य हुने उहाँको विश्वास छ ।
उहाँले भन्नुभयो, ‘भिजिट भिसा प्रकरणको समस्याबारे सबैमा एकरूपता नै देखिन्छ । यसको तत्कालीन र दीर्घकालीन समाधानको खोजी गनुपर्छ भन्ने कुरामा पनि कुनै समस्या र विमति रहेन । तर कसले गर्ने रु कसरी गर्ने रु भन्ने विषयमा छलफल गन बाँकी छ । भोलि हामी यो विषयमा सघन ढङ्गले छलफल गर्ने उद्देश्यले पर्सिलाई बैठक सारेका छौँ ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै प्रतिपक्षी दलहरूले गत जेठ १३ देखि संसद अवरुद्ध गर्दै आएका छन् ।