२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

२३ दशमलव १९ अङ्कले बढ्यो नेप्से परिसूचक



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २३ दशमलव १९ अङ्क अर्थात् शून्य दशमलव ८८ प्रतिशतले बढेर दुई हजार ६५३ दशमलव ०९ विन्दुमा कायम भएको छ । आज १९१ कम्पनीको शेयरमूल्य बढ्दा ५६ वटाको घटेको छ । साथै एउटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

आजको कारोबारमा विभिन्न ३२४ कम्पनीका ७८ हजार ८४८ कित्ता शेयर आठ अर्ब ६८ करोड ९३ लाख ५० हजार ३१९ रुपैयाँ ६२ पैसामा कारोबार भएका छन् ।

साथै मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड, पुरी इनर्जी लिमिटेड, डोल्टी पावर कम्पनी लिमिटेड र विन्दबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेका छन् । साथै भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सात दशमलव ४७ प्रतिशतले ओरालो लाग्दा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव २३ प्रतिशतले ओरालो लागेको छ ।

आजको कारोबारपछि बजारपुँजिकरण रु ४४ खर्ब १९ अर्ब २१ करोड ५४ लाख ३४ हजार ४९० पुगेको छ ।