१५ असार २०८३, सोमबार
,
Latest
अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी, भ्रष्टाचार र बेथितिको विरोधमा माइतिघरमा यसरी उर्लियो जनलहर, हेरौ यी तस्विर



अ+ अ-

काठमाडौं । एमसीसी, भ्रष्टाचार र बेथितिको विरोधमा बुधबार पनि विभिन्न समुहले प्रदर्शन गरेका छन् । 

काठमाडौंको माइतिघरमा संयुक्त राष्ट्रिय नागरिक आन्दोलन तयारी समिति २०७७ को आयोजनामा विभिन्न समुहले संयुक्त नागरिक खबरदारी सभाको आयोजना गरी विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा एमसीसी, भ्रष्टाचार, बेथिति, बैंकको ब्याज र किस्ता, पीसीआर टेस्टमा बेथिति बढेको भन्दै प्रदर्शनकारीहरु विभिन्न नारा लेखिएका पम्पप्लेट सहित सडकमा उत्रिएका थिए । 

उनीहरुले ‘सरकार हामीलाई गरि खान देउ’, ‘लकडाउन अवधिको घरभाडा छुट गरीपाउँ’, ‘नो एमसीसी’, ‘एमसीसी चाहिदैन लागू गर्न पाइदैन’, ‘पीसीआर परीक्षण गर्न पाउनु हाम्रो स्वास्थ्य सम्बन्धी अधिकार हो’, ‘सार्थक लोकतन्त्र बिना कुनैपनि राष्ट्र बन्दैन’, ‘सलुन खोल्न देउ’, ‘नागरिक आयोग गठन गर’ लगायत लेखिएका ब्यानरहरु लिएर प्रदर्शनकारीहरु उभिएका थिए । उनीहरुले एमसीसी खारेज गर्न, बैंकको ब्याज घटाउन, पीसीआर टेस्ट बढाउन, भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै नाराबाजी समेत गरेका छन् ।