२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ३० पुग्यो

कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ३० पुग्यो
अ अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप एक जनाको मृत्यु भएको छ ।  

अछामको बयलवाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट आज पोजेटिभ आएको हो । यो सँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछामको बयलपाटा अस्पतालमा उपचाररत रामारोशन गाउँपालिका ५ का ४५ वर्षिय पुरुषको असार १४ गते मृत्यु भएको हो । मृतक पुरुषको स्वाव संकलन गरी सेती प्रदेशीक अस्पतालमा भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । उनी असार १३ गते स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । प्रवक्ता गौतमले उनी मधुमेहको विरामी भएको बताउनुभयो । मृतक पुरुषसँगै कुरुवा बसेका २ जनाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।

सरकारले बालबालिकामा संक्रमणको जोखिम देखिएकोले सचेत रहन आग्रह गरेको छ । १४ हजार बढी संक्रमित मध्ये २ हजार ६१ जना १८ वर्षमूनिका संक्रमित रहेको उहाँले बताउनुभयो । सुदूरपश्चिममा अहिलेसम्म १ सय ७५ जना संक्रमित ९ वर्षमूनिका छन् । उनीहरु आफ्ना आमाबुबासँग भारतबाट फर्किएका बालकालिका हुन् ।