२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन-भारत द्धन्द्ध उत्कर्षमा : मोदीको ‘विबो अकाउन्ट’ चीनले बन्द गरिदियो !



अ+ अ-

काठमाडौँ । केही दिनअघि भारतीय सैनिक दुई देशको सीमा क्षेत्रस्थित लद्दाखमा चिनियाँ सेनाको कारबाहीमा परी मारिएपछि दुई देशबीचको द्धन्द्ध उत्कर्षमा पुगेको छ । 

जनसंख्याका हिसाबले विश्वका पहिलो र दोस्रो ठूलो देश चीन र भारतबीचको यो विवादले एसियाली आर्थिक र कूटनीतिक सम्बन्धहरुमा पनि दरार उत्पन्न गर्नसक्ने आशंकाहरु व्यक्त गरिरहेका बेला यी दुई देश झन एकअर्काबीचको द्धन्द्धलाई सतहमा ल्याएका छन् । 

बुधबारको समाचारअनुसार नरेन्द्र मोदीको विबो अकाउन्टलाई चीनले एकतर्फी रुपमा बन्द गरिदिएको छ । विबो भनेको चीनको एक लोकप्रिय सामाजिक सञ्जाल हो । नेपाल तथा अन्य विश्वमा फेसबुक ट्वीटरजस्तै लोकप्रिय यो सामाजिक सञ्जालको मोदीको अकाउन्ट बन्द गरिदिँदा यसले दुई देशबीचको कूटनीतिक सम्बन्धमा पनि थप समस्या उत्पन्न हुनसक्ने अनुमान गरिएको छ । 

यो अकाउन्ट मोदीले सन् २०१५ मा चीनको भ्रमण गर्नुअघि खोलेका थिए । उनले सो अकाउन्ट खोलेर चिनियाँ भाषामा नै आफू भारतको प्रधानमन्त्रीको हैसियतमा चीन आउन लागेको र त्यहाँका जनतासँग साक्षात्कार गर्नका लागि बडो इच्छुक रहेको भनेर निकै भावनात्मक सन्देश प्रेषण गरेका थिए । विबो अकाउन्ट नै खोलेर मोदीले चिनियाँ भाषामा नै यो सन्देश दिएपछि दुई देशको जनताबीचको सम्बन्धमा निकै राम्रो सुधारका लागि यसले सघाएको थियो । 

त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले यही जुन १५ मा परेको चिनियाँ राष्ट्रपति सि चिनफिङको जन्मदिनको शुभकामना पनि सोही अकाउन्टमार्फत दिएका थिए ।    

उनले चीनसँग सम्बन्धित सन्देशरु प्रेषण गर्ने क्रममा पनि यही अकाउन्ट प्रयोग गर्ने गरेका थिए । तर चीनले एक दिनमात्र अघि उनको यो अकाउन्ट बन्द गरिदिएको छ । अहिले उनको यो अकाउन्ट ‘ब्ल्याङक’ देखिन्छ । 

केही दिनमात्र अघि पनि नयाँ दिल्लीका केही उच्च कूटनीतिज्ञ र अधिकारको विचाट अकाउन्ट पनि ह्याक भएको थियो । यस विषयमा उनीहरुले पनि बताइसकेका छन् । 

दुई दिनमात्र अघि भारतले चीनसँग सम्बन्धित ५९ ओटा एप्सहरु भारतमा बन्द अथवा प्रतिबन्धित गरिदिएको थियो । त्यसपछि चीनका तर्फबाट यो घटनाक्रम आएको छ । यसअघि नरेन्द्र मोदीसहित अरु केही राजनीतिज्ञहरुको पनि विचार्ट अकाउन्ट बन्द भएको समाचार आएको थियो । त्यसको दश दिनपछि आज यो समाचार आएको छ । 

यो समाचारसँगै केही दिनयता सम्बन्धमा निकै समस्या देखा परिरहेको यी दुई देशबीच समाधानको बाटो तत्कालै खोजि हुने सम्भावना पनि कम देखिएको छ ।