२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

चीन-भारत द्धन्द्ध उत्कर्षमा : मोदीको ‘विबो अकाउन्ट’ चीनले बन्द गरिदियो !

चीन-भारत द्धन्द्ध उत्कर्षमा : मोदीको ‘विबो अकाउन्ट’ चीनले बन्द गरिदियो !
अ अ+ अ-

काठमाडौँ । केही दिनअघि भारतीय सैनिक दुई देशको सीमा क्षेत्रस्थित लद्दाखमा चिनियाँ सेनाको कारबाहीमा परी मारिएपछि दुई देशबीचको द्धन्द्ध उत्कर्षमा पुगेको छ । 

जनसंख्याका हिसाबले विश्वका पहिलो र दोस्रो ठूलो देश चीन र भारतबीचको यो विवादले एसियाली आर्थिक र कूटनीतिक सम्बन्धहरुमा पनि दरार उत्पन्न गर्नसक्ने आशंकाहरु व्यक्त गरिरहेका बेला यी दुई देश झन एकअर्काबीचको द्धन्द्धलाई सतहमा ल्याएका छन् । 

बुधबारको समाचारअनुसार नरेन्द्र मोदीको विबो अकाउन्टलाई चीनले एकतर्फी रुपमा बन्द गरिदिएको छ । विबो भनेको चीनको एक लोकप्रिय सामाजिक सञ्जाल हो । नेपाल तथा अन्य विश्वमा फेसबुक ट्वीटरजस्तै लोकप्रिय यो सामाजिक सञ्जालको मोदीको अकाउन्ट बन्द गरिदिँदा यसले दुई देशबीचको कूटनीतिक सम्बन्धमा पनि थप समस्या उत्पन्न हुनसक्ने अनुमान गरिएको छ । 

यो अकाउन्ट मोदीले सन् २०१५ मा चीनको भ्रमण गर्नुअघि खोलेका थिए । उनले सो अकाउन्ट खोलेर चिनियाँ भाषामा नै आफू भारतको प्रधानमन्त्रीको हैसियतमा चीन आउन लागेको र त्यहाँका जनतासँग साक्षात्कार गर्नका लागि बडो इच्छुक रहेको भनेर निकै भावनात्मक सन्देश प्रेषण गरेका थिए । विबो अकाउन्ट नै खोलेर मोदीले चिनियाँ भाषामा नै यो सन्देश दिएपछि दुई देशको जनताबीचको सम्बन्धमा निकै राम्रो सुधारका लागि यसले सघाएको थियो । 

त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले यही जुन १५ मा परेको चिनियाँ राष्ट्रपति सि चिनफिङको जन्मदिनको शुभकामना पनि सोही अकाउन्टमार्फत दिएका थिए ।    

उनले चीनसँग सम्बन्धित सन्देशरु प्रेषण गर्ने क्रममा पनि यही अकाउन्ट प्रयोग गर्ने गरेका थिए । तर चीनले एक दिनमात्र अघि उनको यो अकाउन्ट बन्द गरिदिएको छ । अहिले उनको यो अकाउन्ट ‘ब्ल्याङक’ देखिन्छ । 

केही दिनमात्र अघि पनि नयाँ दिल्लीका केही उच्च कूटनीतिज्ञ र अधिकारको विचाट अकाउन्ट पनि ह्याक भएको थियो । यस विषयमा उनीहरुले पनि बताइसकेका छन् । 

दुई दिनमात्र अघि भारतले चीनसँग सम्बन्धित ५९ ओटा एप्सहरु भारतमा बन्द अथवा प्रतिबन्धित गरिदिएको थियो । त्यसपछि चीनका तर्फबाट यो घटनाक्रम आएको छ । यसअघि नरेन्द्र मोदीसहित अरु केही राजनीतिज्ञहरुको पनि विचार्ट अकाउन्ट बन्द भएको समाचार आएको थियो । त्यसको दश दिनपछि आज यो समाचार आएको छ । 

यो समाचारसँगै केही दिनयता सम्बन्धमा निकै समस्या देखा परिरहेको यी दुई देशबीच समाधानको बाटो तत्कालै खोजि हुने सम्भावना पनि कम देखिएको छ ।