२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजश्व छलेकाे अभियाेगमा ४४ कराेड जरिवाना



अ+ अ-

काठमाडाैंः राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा २ वटा फर्मलाइ रू ४० करोड ६१ लाख विगो असुल र विगोको दोब्बर जरिवाना एवं कैद सजायको माग गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरेकाे छ ।

विभागका अनुसार न्यू सागर प्लाष्टिक कन्सर्नका प्रोप्राईटर सञ्जु किजु तथा मुख्य आरोपित व्यक्ति सागर किजुले २६ करोड ८२ लाख तथा सुप्रिम प्लाष्टिक कन्सर्नका प्रोप्राईटर सागर किजुले ५ करोड ७७ लाख समेत जम्मा रु ३२ करोड ६० लाख राजश्व छलेकाे अभियाेगमा उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ ।

यसैगरी, झुट्टा तथा नक्कली मु.अ.कर विजक प्रयोग गरी राजस्व छलि गर्ने काठमाण्डौं जिल्ला काठमाडौं महानगरपालिका स्थित बिकोई/स्काई/ बंगलामुखी जे.भी. का संचालक साझेदार रोशन कुमार श्रेष्ठ समेतले राजस्व चुहावट गरेको अभियोगमा ८ करोड १ लाख विगो असुल एवं कैद मागदावी लिई मुद्दा दर्ता गरिएको विभागले जनाएकाे छ ।

विभागले भारतकाे कर्नाटक राज्य बस्ने बर्ष ४२ को अब्दुल मजिद अनेकल र रोशन भनिने लुक्मान्युल हकिमले ६ किलो २८९ ग्राम ३५० मिलिग्राम सुन भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको कसुरमा रु. ४ कराेड २२ लाख २० हजार विगो कायम गरी उच्च अदालत हेटौडामा मुद्दा दर्ता गरेकाे जनाएकाे छ ।