१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

कन्काईमा निर्माणाधीन तटबन्धको कामलाई चाँडो सक्न ऊर्जामन्त्रीको निर्देशन

कन्काईमा निर्माणाधीन तटबन्धको कामलाई चाँडो सक्न ऊर्जामन्त्रीको निर्देशन
अ अ+ अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले झापाको कन्काई नदीमा निर्माणाधीन तटबन्धको कामलाई चाँडो सक्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

झापाको कन्काई नदीमा निर्माणाधीन तटबन्धको आज स्थलगत निरीक्षण गर्दै मन्त्री खड्काले बर्सात अगाडि नै तटबन्धनको काम सकेर जोखिम न्यूनीकरणमा लाग्न निर्देशन दिनुभएको हो । उहाँले समयमै काम सम्पन्न नभए कम्तीमा १०० भन्दा बढी घरधुरी पूर्ण रूपमा विस्थापित हुने जोखिम रहेको बताउनुभयो । गत असोज १० देखि  १२ गते परेको अविरल वर्षाका कारण कन्काई नदीमा आएको बाढीले हुलाकी राजमार्ग नजिक करिब ७०० मिटर क्षेत्र तटबन्धमा क्षति पुगेको थियो ।

सो क्षेत्रको पुनःनिर्माण अझै नपुगेकाले बस्ती, खेती, पशुधन र सम्पूर्ण जीविकोपार्जनमा प्रतिकूल असर पर्ने खतरा बढेको भन्दै मन्त्री खड्का स्थलगत निरीक्षणमा पुग्नुभएको हो । “ठेक्का प्रक्रिया होस् वा विपद् व्यवस्थापन बजेट जुनसुकै उपाय अपनाएर भए पनि तटबन्ध पुनःनिर्माण कार्य समयमै सम्पन्न हुनुपर्छ, तटबन्ध निर्माणमा बजेट अभाव हुन दिइँदैन,” मन्त्री खड्काले भन्नुभयो ।

सो अवसरमा जनताको तटबन्ध कार्यक्रम झापाका प्रमुख इञ्जिनियर विजयकुमार रेग्मीले १२ महिनाको लक्ष्यसहित सुरु गरिएको योजनाको पहिलो दुई महिनामै ६० प्रतिशत कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

विद्युत् सेवा चुस्त बनाउन निर्देशन

यसैबीच मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरण विर्तामोड वितरण केन्द्रको अनुगमन गर्दै सेवा प्रवाहमा कुनै पनि प्रकारको लापरबाही नगर्न निर्देशन दिनुभयो । “जनतालाई अवरोधविहीन विद्युत् सेवा उपलब्ध गराउनु हाम्रो प्रमुख दायित्व हो, लाइफ लस र सप्लाई लस दुवैको सम्भावना शून्य हुनेगरी प्रणाली विकास गर्न आवश्यक छ,” उहाँले भन्नुभयो ।

मन्त्री खड्काले डेडिकेटेड र ट्रङ्क लाइनसम्बन्धी बक्यौता असुलीमा कडाइ गर्न, नियमित बिल तिर्ने उपभोक्तालाई प्रोत्साहन गर्न तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।  रासस