१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालगायिका परिधी खतिवडाको ‘घरकी फूलबारी’ सार्वजनिक



अ+ अ-

काठमाडौं। बालगायिका परिधी खतिवडाको स्वरमा सजिएको बालमैत्री गीत ‘घरकी फूलबारी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

कक्षा ४ मा अध्ययनरत परिधीले प्रस्तुत गरेको यो गीत बाल भावना, पारिवारिक आत्मीयता र राष्ट्रिय चेतनाले भरिएको प्रेरणादायी सिर्जना हो। गीतका शब्द उनका पिता तथा इञ्जिनियर प्रमोद खतिवडाले लेखेका हुन्। साहित्य र संगीतप्रति रुचि राख्ने प्रमोद यसअघि पनि विभिन्न गीतहरू सिर्जना गरिसकेका छन्। संगीत तथा एरेञ्जमेन्ट सविन लिम्बूले गरेका छन् भने निर्देशन ‘गुरुभाइ फकीर’ले गरेका हुन्।

भिडियो परिधी अध्ययनरत प्रज्ञाकुञ्ज बोर्डिङ स्कुल तथा काठमाडौंका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ। बालमनको कल्पनासँगै गीतमा देशप्रेम, सामाजिक सद्भाव र पारिवारिक सम्बन्धको भाव उजागर गरिएको छ।

यसअघि ‘लिटिल स्टार नेपाल’ प्रतियोगितामा ‘मोस्ट पपुलर कन्टेस्टेन्ट’ बन्न सफल परिधी गायन, नृत्य, कविता वाचन र चित्रकलाजस्ता विविध प्रतिभामा रुचि राख्ने बालप्रतिभा हुन्। सरल शब्द, मिठो धुन र बाल स्वरमार्फत प्रस्तुत गरिएको यो गीतले दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।