काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा घरेलु टोलि स्कटल्याण्डले नेपाललाई ३२४ रनको लक्ष्य दिएको छ ।
डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको स्कटल्याण्डले रिची बेरिङ्टनको शतकीय पारी र माइकल लिस्कको ९६ रनको मद्धतले ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रन जोडेको हो ।
बेरिङ्टनले ११४ बलमा १०४ रन जोडे भने लिस्क ६२ बलमा ९६ रनमा अविजित रहे । यस्तै, चार्ली टियरले ६५ बलमा ६८ रनको योगदान दिए ।
बलिङतर्फ नेपालका करण केसी र दिपेन्द्र सिंह ऐरीले २–२ तथा ललित राजवंशीले १ विकेट लिए ।










