६ पुष २०८२, आईतवार
,
Latest
ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक जेन–जी फ्रन्टद्वारा सल्लाहकार परिषद् गठन २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते



अ+ अ-

पर्सा। कार दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।

वीरगञ्ज महानगर–१४ पिपरा रेनुका पेट्रोल पम्प नजिक गण्डकबाट बसपार्कतर्फ जाँदै गरेको बिआर ५५ बि ९१०४ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा भारतको बेतिया नरकटियागञ्ज स्थायी घर भएका ३० वर्षीय बिटु सर्राफको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी नायब उपरीक्षक सुवास भट्टले दुर्घटनामा चारै जना घाइते भएकामा उपचारका लागि एलएस न्यूरो अस्पताल बारा पठाइएको र एकको मृत्यु भएको जानकारी दिनुभयो ।

कार चालक गणेश सर्राफसहित त्यसमा सवार अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । रासस