१५ असार २०८३, सोमबार
,
Latest
अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने विशेष अदालतमा उपस्थित गराइए पूर्वमन्त्री विष्णु पौडेल असार १५: जुजु धौको माग उच्च राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान सुकीका छोरा किम एरिसको माग: ‘आमा जीवित रहेको प्रमाण सार्वजनिक गर’ भोजपुरकाे पौवादुङमा गाउँपालिकाद्वारा प्रहरी चौकीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण पर्वतकाे महाशिलाका कृषकले २० महिनामै गरे रु ८ करोडको कृषि उपज बिक्री इयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोना भाइरस संक्रमितको सङ्ख्या छ लाख नाघ्यो



अ+ अ-

नयाँ दिल्ली । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या भारतमा छ लाख नाघेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट ६ लाख ४ हजार ६४१ जना संक्रमित भएका छन् । 

पछिल्लो २४ घण्टामा मात्रै १९ हजार १४८ जना कोरोनाभाइरसबाट संक्रमित भएका अधिकारीहरुले जनाएका छन् । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले २ लाख २६ हजार ९४७ जना अझै पनि संक्रमित अवस्थामै रहेको जनाएको छ । कुल सङ्क्रमितमध्ये ३ लाख ५९ हजार ८६० जना सङ्क्रमणमुक्त भएका मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

गत २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट ४३४ जनाको मृत्यु भएपछि हालसम्म यस भाइरसबाट १७ हजार ८३४ जनाको मृत्यु भएको छ । प्रदेशअनुसार हेर्दा भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा देखिएका छन् । त्यहाँ कुल संक्रमितको संख्या १ लाख ८० हजार २९८ पुगेको छ । कोरोना भाइरस संक्रमणको कारण महाराष्ट्रमा ८ हजार ५३ जनाको मृत्यु भएको छ ।  

त्यसैगरी तमिलनाडुमा ९४ हजार ४९ जना संक्रमित भएका छन् । तमिलनाडुमा संक्रमित मध्ये  १ हजार २६४ जनाको मृत्यु भएको छ ।  दिल्ली प्रदेशमा ८९ हजार ८०२ जना संक्रमित भएका छन् । दिल्लीमा यस भाइरसको कारण २ हजार ८०३ जनाको मृत्यु भएको छ ।