२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बलिदान’मा सौगात मल्लको सशक्त अवतार, पोस्टर सार्वजनिक



अ+ अ-

काठमाडौं। नेपाली चलचित्र उद्योगमा व्यापक प्रतीक्षा गरिएको चलचित्र ‘बलिदान’को लागि अभिनेता सौगात मल्लको लुक्स सार्वजनिक गरिएको छ ।

आगामी बडादसैँको फूलपातीको दिन प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रका दुइ पोस्टरमा अभिनेता मल्ल एक सशक्त र रहस्यमय अवतारमा देखिएका छन् ।

एक पोस्टरमा मल्लको एउटा आँखा कालो रङको छ । उनले लामो दाह्री, केश र गाढा रङको वस्त्र धारण गरेका छन् । उनको हातमा एउटा बलिरहेको राँको देखिन्छ । पृष्ठभूमिमा अन्य मानिसहरूको समूह र आगोको ज्वालाहरू पनि देख्न सकिन्छ, जसले चलचित्रको कथावस्तु द्वन्द्वात्मक प्रकृतिको रहेको जानकारी दिन्छ ।

अर्को पोस्टरमा अभिनेता मल्लले हातमा हतियार बोकेर लडाइको परिवेशमा देखिएका छन् । निर्देशक सन्तोष सेनका अनुसार, ‘बलिदान’मा अभिनेता मल्लको बिल्कुलै फरक अवतार रहेको छ, जसको लागि उनले अधिक मेहनत गरेका छन् ।

सौगात मल्ल नेपाली चलचित्र क्षेत्रमा आफ्नो अभिनय कलाका लागि परिचित छन् र उनका हरेक नयाँ भूमिकालाई दर्शकले निकै चासोका साथ हेर्ने गर्छन् । ‘बलिदान’ मा उनको यो फरक र शक्तिशाली गेटअपले दर्शकहरूलाई सिनेमा घरसम्म तान्न सफल हुने अपेक्षा गरिएको छ । ‘बलिदान’लाई चाडपर्वको माहौलमा दर्शकहरूका लागि एउटा उत्कृष्ट मनोरञ्जनको खुराकको रूपमा हेरिएको छ ।

यसअघि ‘बलिदान’का प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर प्रि-टिजर सार्वजनिक गरिएको थियो, जहाँ समीर देशभक्तिपूर्ण भावनाले ओतप्रोत संवाद र दमदार एक्सन दृश्यसहित देखिएका थिए । सो प्रि-टिजर नेपालसहित नेपालीहरूको बसोबास रहेका दर्जन बढी देशहरूमा युट्युब ट्रेन्डिङमा आएको थियो ।

आसुसेन फिल्म्स् प्रा.लि. को प्रस्तुति रहेको यस चलचित्रमा समीर भट्ट, सौगात मल्लसँगै अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ । पवन ब्राडफोर्ड बिस्ट निर्माता तथा प्रेम पुरी कार्यकारी निर्माता रहेका छन् ।