२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

‘महिला र दलित समुदायमाथि हुने हिंसाका घटनामा कमि आएनन्’

‘महिला र दलित समुदायमाथि हुने हिंसाका घटनामा कमि आएनन्’
अ अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले महिला र दलित समुदायमाथि हुने हिंसाका घटनामा कमि आउन नसकेको बताउनुभएको छ । 

सन् २०१७ देखि २०१९ सम्मको तथ्याङ्क प्रस्तुत गर्दै देवले यौंनहिंसा र अन्य विभेदका घटनाहरमा कमि आउन नसकेको बताउनुभएको हो । २ वर्षको अन्तरमा ४ हजार ९ सय ४० वटा बलात्कार, बलात्कारको प्रयास र यौनजन्य घटना भएको उहाँले बताउनुभयो । जसमा ३ हजार ५ सय बलात्कारका घटना, ४ सय २० बलात्कारको प्रयास र ९ सय ९४ वटा यौनजन्य घटनाहरु घटेको उहाँले बताउनुभयो । २६ वटा बलात्कार पछिको घटनामा ३५ प्रतिशत दलित महिला र बालिका रहेको उहाँले बताउनुभयो । रुकुम पश्चिममा उच्च जातिय अहंकार र सामन्ती मानसिकताका कारण नवराव विकको हत्या भएको उहाँले बताउनुभयो ।

देवले नीति निर्माण र शक्तिको अभ्यास हुने ठाउँमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्व गर्न आवाज उठाउन सरकार, राजनीतिक दल र दलित अधिकारकर्मीहरुलाई आग्रह गर्नुभयो ।