१५ असार २०८३, सोमबार
,
Latest
सुकीका छोरा किम एरिसको माग: ‘आमा जीवित रहेको प्रमाण सार्वजनिक गर’ भोजपुरकाे पौवादुङमा गाउँपालिकाद्वारा प्रहरी चौकीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण पर्वतकाे महाशिलाका कृषकले २० महिनामै गरे रु ८ करोडको कृषि उपज बिक्री इयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल दमौलीका १८ होटल–रेष्टुराँ अनुगमन, पाँचले मापदण्ड पूरा गर्न सकेनन् सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख राष्ट्रिय धान दिवस : ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत रोपियो धान उपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन रुप फेरिएको नयाँ बसपार्क यसरी मनाइयो २३औँ राष्ट्रिय धान दिवस (फोटो फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

४९ दिने कोरोना संक्रमित शिशुको मृत्यु, मृतकको संख्या ३१ पुग्यो



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट ४९ दिनका एक शिशुको मृत्यु भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक शिशुको २०७७ असार १७ गते साँझ ४ बजे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले म्याग्दी जिल्ला धौलागिरी नगरपालिका वडा नम्बर चारका ४९ महिनाको शिशुको उपचारको क्रममा मृत्यु भएको बताउनुभयो ।

उनको असार ९ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको र पहिलो चरणको डायलासिस समेत भएको प्रवक्ता गौतमले बताउनुभयो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।