१५ असार २०८३, सोमबार
,
Latest
राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह गृहमन्त्री गुरुङको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ: मन्त्री चौधरी अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने विशेष अदालतमा उपस्थित गराइए पूर्वमन्त्री विष्णु पौडेल असार १५: जुजु धौको माग उच्च राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना महामारीकै बीच नेपाली सैनिक शान्ति मिसनमा जाँदै



अ+ अ-

काठमाडौं । कोरोना महामारीकै बीच नेपाली सैनिक संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जाने भएका छन् । नेपाली सेना शान्ति मिसनका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक र माली जाने भएका हुन्।

दुई मुलुकमा हुने उडानका सम्बन्धमा नेपाली सेना र नेपाल एयरलाइन्सबीच बिहीबार सम्झौता भएको छ । शान्ति मिसनका लागि खटिने नेपाली सेनाका अधिकृत र जवानलाई लिएर नेपाल एयरलाइन्सको विमान असार २४ गते ती दुई देशमा पुग्नेछ ।

नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दीपु ज्वार्चनका अनुसार नेपाल एयरलाइन्सको वाइडबडी जहाज काठमाडौंबाट सैनिक लिएर सुरुमा कतारको राजधानी दोहा पुग्नेछ । त्यहाँ इन्धन थप गरी जहाज सेन्ट्रल अफ्रिकन रिपब्लक पुग्नेछ ।

नेपालबाट गएका केही सैनिक त्यहाँ झर्नेछन् भने केही सैनिक लिएर विमान फेरि माली पुग्नेछ । मालीमा सैनिक झारेपछि विमान काठमाडौं फर्किनेछ ।

यसअघि नै शान्ति मिसनका लागि ती देशमा पुगेका नेपाली सैनिक सोही विमान चढेर स्वदेश फर्किनेछन् । ती मुलुकबाट नेपाल फर्कन सैनिकको संख्या भने ५र६ जना मात्र रहेको बताइएको छ ।

यो उडानलाई कम्पनीले चुनौती र अवसर दुबै रुपमा लिएको नेपाल एयरलाइन्सको भनाइ छ ।