काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुनः सुरू भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शितल निवासबाट बालुवाटार पुगेपछि बैठक पुनः सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री केपि शर्मा ओली अनुपस्थित भएका छन् ।
बैठक मन्त्रिपरिषद् बैठक, दुई अध्यक्षबीचको छलफल, राष्ट्रपति निवासमा छलफल लगायका कारणले अवरुद्ध भएको थियो ।