२९ जेष्ठ २०८२, बिहीबार
,
Latest
भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन कांग्रेस–एमाले तयार अस्पतालको होस्टेलमा खसेको थियो एयर इन्डियाको विमान कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु संसद अवरोध गर्नुको औचित्य छैन, केही राजनीतिक दलहरु षड्यन्त्र गर्न लागेका छन्ः गृहमन्त्री लेखक न्यायाधीश थारुमाथि मसी छ्याप्ने तीन जना प्रहरी नियन्त्रणमा जनताको परिवर्तनको चाहनालाई कसैले तुहाउन सक्दैन, आन्दोलन जारी छः कमल थापा प्रतिनिधिसभाको बैठक सर्यो शिक्षक र सरकारबीचको सम्झौताअनुसार नै विधेयक पारित हुन्छः गृहमन्त्री लेखक आलमलाई सफाइ दिने न्यायाधीश थारुमाथि कालो मसी प्रहार कौरा संरक्षण गर्न प्रतियोगिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यका हरेक निकाय बलियो हुनुपर्छ : सञ्चार मन्त्री गुरुङ



अ+ अ-

विराटनगर। सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यका हरेक निकाय बलियो हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) कोशी प्रदेश कार्यालय विराटनगरको निरीक्षण एवं अवलोकनपछि उहाँले भौतिक संरचनामा निकै सुधार भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले रासस एक जवाफदेही सञ्चार माध्यम भएकाले यसले प्रवाह गर्ने सेवा छिटोछरितो हुनुपर्ने र रासस बलियो भएमा अन्य सञ्चार माध्यम पनि बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “समाचारका मुहानको रुपमा रहेको राससले अझ मेहनत गर्नुपर्छ ।” समावेशी चरित्र बोकेको राससले आफूलाई अझ प्रभावकारी बनाउनुपर्ने निर्देशन दिँदै विश्वसनीय स्रोतको उपयोगले समाचारको महत्व बढ्ने बताउनुभयो ।

राससका महाप्रबन्धक सिद्धराज राईले राससको भौतिक सम्पत्तिलाई व्यावसायिकीकरण गर्न सकेमा आत्मनिर्भर बन्ने र सरकारलाई आर्थिक भार कम हुने बताउनुभयो । उहाँले राससको विराटनगर, काँकरभिट्टा, वीरगञ्ज, पोखरा जस्ता महत्त्वपूर्ण स्थानमा रहेका भौतिक सम्पत्तिको पूर्णरुपमा सदुपयोग गर्न बजेटको आवश्यकता औँल्याउनुभयो ।

रासस कोशी प्रदेश कार्यालय विराटनगरका प्रमुख मोहम्मद सदरुलले समाचार र कार्यालयको विविध पक्षमा जानकारी गराउनुभएको थियो । अवलोकनका क्रममा सूचना तथा सञ्चार प्रविधि सचिव राधिका अर्याल, मन्त्रालयका सहसचिव कोषहरि निरौला, कोशी प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेललगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । रासस